Become a volunteer

Become a Blood Donor

19°C
few clouds

अधिक फाइवर युक्त भोजनले पनि स्वास्थ्यमा समस्या


Author : एजेन्सी

२० कात्तिक फाईवर कार्बोहाइड्रेटको एउटा प्रकार हो जुन प्राकृतिक रूपमा बोट बिरूवामा आधारित खानामा पाइने गर्दछ । मुख्य रूपमा फाईवर दुई किसिमका हुन्छन् । पहिलो घुलनशील फाईवर र दोश्रो अघुलनशील फाईवर । फाईवरलाई हाम्रो पाचन प्रणालीले सिधै पचाउन सक्दैन । यो फाईवरको बिशेषता नै हो । यसबाट प्राप्त हुने पोषक तत्वले हाम्रो पाचन तन्त्रलाई सुधार्ने तथा अन्य पोषक तत्वलाई पचाउन र सिंगो प्रणालीलाई ठिकठाक राख्न मद्दत गर्दछ ।


फाईवर युक्त भोजन गर्दा हामीलाई बिभिन्न फाईदा हुने गर्दछ । यसले हामीलाई केवल पोषक तत्व दिने मात्र नभई यसले अल्काई (पाइल्स) तथा आन्द्रा सम्वन्धि बिभिन्न समस्याहरूबाट जोगाउँने पनि गर्दछ । तर फाईवर युक्त भोजन गर्नाले पुरै फाइदा मात्रै गर्दछ भन्ने पनि होइन।चिनी पनि धेरै खाए तीतो हुन्छ भने झैं फाईवरमा पनि यो कुरा लागु हुने गर्दछ ।


यदि तपाईं अधिक रूपमा फाईवर युक्त भोजनको प्रयोग गर्नुहुन्छ र त्यस अनुपातमा पानी कम पिउनुहुन्छ भने तपाईंमा कब्जियतको समस्या बढ्न सक्छ ।कब्जियतबाट छुटकारा पाउन फाईवरको प्रयोग गरिन्छ तर पाचन र अवशोषणका क्रममा पानी अपुग भएमा यसले मल त्याग गर्दा समस्या ल्याउन सक्दछ ।दैनिक भोजनमा फाईवरको अधिक प्रयोगले वायु विकार (ग्यास)को समस्या हुन सक्दछ । फाईवरलाई पचाउनका लागि आन्द्रामा भएका असल ब्याक्टेरियाले मिथेन ग्यास उत्पादन गर्ने गर्दछ । यसले पेट डुम्म र असहज बनाउने काम गर्दछ ।


यसैगरी यदि तपाईं अन्न गेडागुडीमा उपलब्ध फाईवरको अधिक प्रयोग गर्नुहुन्छ भने शरीरमा म्याग्नेशियम र आइरनको कमी हुन सक्दछ । अन्नबाट प्राप्त हुने फाईवरमा फाइटेड नामक तत्व पाइन्छ जसले म्याग्नेशियम र आइरनलाई शरीरमा अवशोषित गर्ने प्रक्रियामा बधा उत्पन्न गराउँछ ।


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली