Become a volunteer

Become a Blood Donor

20°C
few clouds

अमेरिकामा गरिब बच्चा बढि स्वस्थ्य


Author : नेपाल हेल्थ टाईम्स


एजेन्सी
बच्चालाई तन्दुरुस्त राख्नका लागि सधै स्कुल पठाउनु आवश्यक देखिएको छ । अमेरिकी शोधकर्ताले हालै गरेको अनुसन्धान अनुसार बच्चाको फिटनेसको सम्बन्ध उनीहरुको स्कुलमा हुने उपस्थितिसँग रहेको देखिएको छ । अमेरिकाको मायामी–डेड काउन्टी डिपार्टमेन्टले गराएको अनुसन्धानका अनुसार सधै स्कुल जाने बच्चा शारीरिक गतिविधिमा भाग लिने र यसले उनीहरुलाई तन्दुरुस्त बनाउँछ । यहि खुबीले उनीहरुलाई भविष्यमा अनुपस्थित हुनबाट पनि बचाउँछ ।


यो अनुसन्धान न्यूयोर्कमा बस्दै आएका कक्षा ६–८ का ३ हजार बच्चामाझ गरिएको थियो । शोधकर्ताहरुले उनीहरुको हाजिरी, शारीरिक फिटनेस,सामाजिक तथा आर्थिक स्थितिको रेकर्ड हेरेका थिए । बच्चाहको उचाई, वजन तथा पाँच किसिमका फिटनेस गतिविधि (पुसअप, सेटअप, रनिङ) का आधारमा उनीहरुको प्रदर्शन हेरिएको थियो । फिटनेस गतिविधिमा उनीहरुको प्रदर्शनको आधारमा  अंक दिइएको थियो ।
जुन बच्चाको फिटनेस अंक राम्रो थियो उनीहरुको उपस्थिति राम्रो  रहेको  शोधमा देखिएको थियो । यो सकारात्मक परिवर्तन अत्यन्त थोरै आय भएका परिवारको बच्चामा धेरै देखिएको छ । शोधकर्ताका अनुसार फिजिकल फिटनेस स्वयंलाई स्वस्थ राख्नका 
लागि उपस्थिति बढाउनका लागि पनि अत्यन्त किफायती तरिका हो । विशेषगरी यो गरिब बच्चामा राम्रो देखिएको छ । शोधकर्ताका अनुसार यसको असर स्कुलमा अत्यन्त कम आय भएका परिवारको छोरीमा बढि देखिएको छ । जसको उपस्थितिमा १० प्रतिशत वृद्धि भएको छ ।

 

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली