Become a volunteer

Become a Blood Donor

15°C
mist

आँखा मुनि डार्क सर्कल छ ? यस्तो छ हटाउने तरिका


Author : नेपाल हेल्थ टाईम्स

असार ३, सुन्दर देखिने सबैको चाहना हुन्छ । विशेषगरी महिलाका लागि बढि आवश्यक देखिन्छ । तर आँखा मुनीको भागमा कालो धब्बाले अथवा डार्क सर्कल हाम्रो सुन्दर बन्ने चाहनामा अवरोध पुर्‍याइरहेको हुन्छ । कालो धब्बा विशेषगरी अनिद्रा, थकानले हुने गर्दछ । तर, के तपार्इंलाई थाहा छ, डार्क सर्कल घरेलु उपचारबाट सजिलै हटाउन सकिन्छ । 

यसका लागि तलका उपाय अपनाउनुहोस् । 

१. गुलाब जल

गुलाब जल छालाको लागि उत्तम मानिन्छ । यसले अनुहारमा भएको कालो धब्बालाई नियन्त्रण गर्दछ । कपास वा सुतीको कपडा लिएर त्यसलाई गुलाब  जलमा डुबाउनुहोस् र १० मिनेट सम्म धब्बा भएको स्थानमा राख्नुहोस् ।

२. आलु

आलु सबैले मनपराउने तरकारी हुनुको साथै यसको प्रयोग कालो धब्बा हटाउनका लागि पनि उपयुक्त मानिन्छ । आलुलाई ताछेर गोलो आकारमा काट्ने वा त्यसलाई पिसेर अनुहारमा लगाउने । लगाएको १५-२० मिनेटपछि सफा पानीले मुख धुने । 

३. गोलभेडा र कागतीको रस

छाला चम्किलो बनाउन टमाटरलाई पनि प्रयोग गर्न सकिन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्नुका साथै छाला चम्किलो बनाउन पनि मद्दत गर्दछ । त्यसको लागि एक चम्चा टमाटर र कागतीको रस मिसाई त्यसलाई आखाँको वरिपरि लगाउने, लगाएको १० मिनेट पछि सफा पानीले मुख धुने । 

४. टिब्याग

टिब्यागलाई तातो पानीमा ५ मिनेट राख्ने र त्यसलाई फ्रिजमा १५(२० मिनेटको लागि चिसो हुन दिने । त्यसपछि कालो धब्बामा १०-२० मिनेट राख्ने । 


५. काक्रो 

काक्रोमा छालालाई चमक दिने विशेषता हुन्छ ।  काक्रोलाई गोलो आकारमा काटेर ३० मिनेट फ्रिजमा राख्ने । त्यसपछि धब्बामा लगाउने र सफा पानीले मुख धुने ।


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली