Become a volunteer

Become a Blood Donor

15°C
mist

आन्द्रमा हुने गट ब्याक्टेरिया बन्न सक्छ पेटको क्यान्सर (bowel cancer)को कारण


Author : एजेन्सी

२२ कात्तिक हालै गरिएको एक अनुसन्धानका अनुसार आन्द्रामा हुने एउटा निश्चित प्रकारको ब्याक्टेरिया भएका मानिसहरूमा आन्द्रामा क्यान्सर विकसित हुने खतरा अधिक हुन्छ । इण्टेस्टाइनल माइक्रोवायोब्स भनेको हाम्रो आन्द्रा भित्र  हुने फंगस् , ब्याक्टेरिया, भाइरस आदिको संग्रह हो।शरीरमा माइक्रोवायोमको संरचना पनि यसको प्रमुख कारण हुन सक्छ । आन्द्राको माइक्रोबायोममैं क्यान्सर भाइरस पैदा भैरहेका छन् वा अरू कुनै विशेष ब्याक्टेरियाको कारणले यस्तो भएको हो भन्ने तथ्य सोधकर्ताहरूले खोजी गरिरहेका छन् ।



अब जानौं पेटको क्यान्सर र यस संग जोडिएका सोधका बारेमा


बाउल क्यान्सर (bowel cancer) के हो ? 

बाउल वा पेटको क्यान्सर हाम्रो ठूलो आन्द्रामा हुने गर्दछ । ठूलो आन्द्रा जहाँ यो क्यान्सर शुरू हुन्छ, यसको आधारमा यसलाई कोलोन वा रेक्टल क्यान्सर पनि भनिन्छ ।


मुख्य चार लक्षणहरू

शौच गर्दा लगातार ब्लिडिंग हुनु ।                   

आन्द्राको काममा लगातार परिवर्तन हुनु,   खासगरी पेट खराब भएको जस्तो हुनु ।             

तल्लो पेट लगातार दुख्नु, फुल्नु र छटपटी हुनु, विशेष गरी खाना खाएपछि ।                       

लगातार वजन घट्दै जानु र पेटको समस्या बढ्दै जानु ।



माइक्रोबायोममा हुन्छन् खरबौं ब्याक्टेरिया

माइक्रोबायोम सुक्ष्मजीवहरू र ब्याक्टेरियाहरूको एक समुदाय हो जो स्वभाविक रूपमा शरीरमा हुने गर्दछ । माइक्रोबायोमको संरचनाले मानव शरीर र स्वास्थ्यका लागि संवेदनशील भूमिका निभाउने गर्दछ भन्ने कुरा प्रष्ट हुने अवस्थामा छ । मानिसको आन्द्रामा अवस्थित माइक्रोबायोम खरबौंको संख्यामा रहेको ब्याक्टेरियाको संग्रह हो । यसले खाना पचाउन मद्दत गर्नुका साथै अन्य संक्रमणबाट पनि सुरक्षा प्रदान गर्दछ । यो मानिसको वंशाणुगत बनावट र उसको शरीरले निर्धारण गर्ने कुरा हो । ब्यक्तिमा यो तब सम्म स्थिर रहन्छ जबसम्म उसले एण्टिवायोटिक औषधि सेवन गर्दैन ।



२ देखि १५ प्रतिशत सम्म बढ्यो क्यान्सरको खतरा

युनिभर्सिटी अफ ब्रिष्टलका डा. क्याथोलिन वेडले पेटको क्यान्सरको विकासमा ब्याक्टेरियाले निभाएको भूमिकाको जाँच गरेका छन् । यसका लागि उनले मेण्डेलियन रेण्डमाइजेशन नामक तरिकाको उपयोग गरेका छन् । यस अध्ययनका बारेमा २०१९ को एनसिआरआई क्यान्सर सम्मेलनमा यस्तो बताइयो- हाम्रो आन्द्रामा हुने केहि ब्याक्टेरिया नै हाम्रो पेट संग जोडिएका रोगको कारण हुने गर्दछन् । यिनैका ब्याक्टेरियाका कारण पेटको क्यान्सर पनि हुने गर्दछ ।सोधकर्ताहरूको भनाई अनुसार पेटको क्यान्सर २ देखि १५ प्रतिशतको बीचमा बढीरहेको छ । आउँदो दिनमा यो अझै बढेर जान सक्ने कुरा उनीहरू बताउँछन् ।



३८९० जनाको डेटा एकठ्ठा गरिएको थियो

उक्त अध्ययनका लागि सोधकर्ताहरूले फ्लेमिस गट फ्लोरा प्रोजेक्ट, जर्मन फूड चेन प्लस अध्ययन तथा पपगेन अध्ययनमा भाग लिने ३८९० मानिसको डेटाको अध्ययन गरेर यसबरे पत्ता लगाएको थियो  । यसैबीच जिनोम-वाइड एसोसिएशन स्टडिजले सहभागीहरूमा हुने सानातिना परिवर्तनहरूका बारेमा खोज गरेको थियो जुन कुनै बिमारी वा विशेषता भएको ब्यक्तिमा बारम्बार हुने गर्दछ ।


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली