Become a volunteer

Become a Blood Donor

27°C
broken clouds

ई–सिगरेट धुम्रपान छोड्ने राम्रो तरिका


Author : नेपाल हेल्थ टाईम्स

ई–सिगरेटसको नामले चिनिने इलेक्ट्रोनिक निकोटिन डेलिभरी सिस्टम (ईएनडीएस) सामान्य चुरोटको तुलनामा स्वास्थ्यका लागि कम खतरनाक मानिन्छ । यो धुम्रपान छोड्नका लागि राम्रो हतियार भएको एक भारतीय  शोधले निश्कर्ष निकालेको छ ।

इन्डियन जर्नल अफ क्लिनिकल प्राक्टिस (आईजेसीपी) मा प्रकाशित यो अध्ययनमा नर्थ–इस्टर्न हिल युसनिभर्सिटी शिलाङका प्राध्यापक आर एन शरण तथा उनको टोलीद्वारा प्रकाशित वैज्ञानिक साहित्यको व्यवस्थित समीक्षा गरेका छन् । यसमा चुरोटको धुम्रपान गर्ने वा ई–सिगरेट पिउने समयमा आउने निकोटिन जन्य रसायन तथा धातुको विषाक्तताको तुलना गरिएको छ ।

टीमले भनेको छ, “धुम्रपानलाई हतोत्साहित गर्नका लागि बढ्दो जागरुकता तथा नियामकको उपायका बावजुद विश्वभरी सूर्तीको उपयोगमा कुनै कमी आएको छैन ।” यस किसिमको परिस्थितिमा सूर्तीको क्षति कम गर्ने विकल्पको रुपमा ईएनडीएस या ई–पिसगरेटको मूल्यांकनको विचार गर्नु आवश्यक छ ।

प्राध्यापक शरणले आईएएनएसलाई भने,“भारतमा विशेषज्ञद्वारा ईएनडीएस वा ई–सिगरेटको उपयुक्तताको मूल्यांकनको यो पहिलो प्रयास हो ।”


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली