Become a volunteer

Become a Blood Donor

10°C
few clouds

एनिमियाको समस्या हटाउन घरेलु उपाय


Author : नेपाल हेल्थ टाईम्स

८ पुष एनिमिया यस्तो अवस्थामा देखिन्छ, जब रेड ब्लड सेलको कमी हुने गर्दछ । एनिमिया थुप्रै प्रकारका हुन्छन् । यो रोग सामान्यतयाः आइरनको कमीले देखिने गर्दछ । रेड ब्लड सेलमा हेमोग्लाबिन हुन्छ र त्यसमा पर्याप्त मात्रामा आइरन पाईन्छ । आइरनको कमीले शरीरमा हेमोग्लोबिन बनाउँदैन र रेड ब्लड सेलको कमी देखिने गर्दछ । यसले शरीरमा अक्सिजनको मात्रालाई कमी गरिदिन्छ  । एनिमिया उचित आहारको उपभोगबाट नियन्त्रण गर्न सकिन्छ । 



आईरन पर्याप्त मात्रामा पाईने फूड 

१. सोया उत्पादनहरु

२. अण्डा

३. हरियो सागसब्जी

४. पेस्ता 

५. हरियो सिमी 

६. ताजा सागसब्जी ।


फोलेटमा भिटामिन 'बि' पाईने जसले हेमोग्लोबिन बढाउने गर्दछ । जसले शरीरमा अधिक मात्रामा अक्सिजन वितरण गर्न मद्दत्त गर्दछ । 

यी खाने वस्तुमा फोलेट पाईने जस्तै 

१. चामल 

२. पालुङ्गो

३. बदाम 

४. एभोगाडो

५. राज्मा 


आईरनयुक्त खानेकुरा 

१. माछा

२. सुन्तला

३. अनार

४. गाँजर आदि  

 


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली