Become a volunteer

Become a Blood Donor

15°C
mist

एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस महासंघको उपाध्यक्षमा पुनः श्रेष्ठ


Author : नेपाल हेल्थ टाईम्स

काठमाडौं । १२ असोज इन्डोनेशियाको बाताममा सम्पन्न एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस महासंघको सम्पन्न कांग्रेसले उपाध्याक्षमा नेपालका राजेश बाबु श्रेष्ठलाई पुनः मनोनित गरेको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष श्रेष्ठ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस महासंघको उपाध्यक्षमा मनोनित गरेको हो ।

असोज १० देखि १६ गते सम्म इण्डोनेसियामा जारी महासंघको इलेक्टोरल कंग्रेसको बैठकले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि मनोनयन गरेको हो । नेपाल शारीरिक सुगठन तथा फिटनेस् संघले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आगामी एशियाली शारीरिक सुगठन प्रतियोगिता नेपालमा आयोजना गर्नको लागि प्रस्ताव गरेको विज्ञप्तीमा उल्लेख छ ।


नेपालले ५५ औं शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस फिटनेश आयोजना गर्नका लागि बैठकले अनुमोदन गरेको नेपाल शारीरिक सुगठन तथा फिटनेश संघले विज्ञप्तीमार्फत जनाएको छ ।


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली