Become a volunteer

Become a Blood Donor

25°C
scattered clouds

ऐश्वर्य बालगृह प्रहरी निगरानीमा


Author : नेपाल हेल्थ टाईम्स

काठमाडौं । निर्मला घिमिरेद्धारा सञ्चालन गरिदै आएको ऐश्वर्य बालगृहमा प्रहरीले निगरानी बढाएको छ । । यो बालगृहमा करिब १२२ जना बालबालिकालाई राखिदै आएको छ । यसमा हुम्ला, डोल्पा, रसुवा जस्ता बिकट जिल्लाका बालबालिका रहदै आएका छन् । बालगृह ६ जना कर्मचारी राखेर संचालन गरिदै आएको छ ।

त्यहाँ बालबालिकालाई विद्यालय भर्ना त गरिएको छ तर खानपान र स्वास्थ्यको रेखदेख राम्रो नगरिएको भन्दै प्रहरीले उक्त संस्थालाई निगरानीमा राखेको हो । एक विदेशी नागरिकले बालबालिकाको दयनीय अवस्था देखेर प्रहरी र बालबालिका खोज केन्द्रमा खबर गरेपछि प्रहरी उद्धारका लागि आएका थिए । यहाँ बस्ने बालबालिकाको अवस्था एकदमै नाजुक देखिन्थ्यो । बालबालिकाहरु भोकले बोल्न नसक्ने, शरीरभरी घाँउ–खटिरा भएको अवस्थामा देखिएको विशेष स्रोतले जानकारी दियो । अविभावक भन्छन्,“बालगृहमा छोराछोरी राखिदिए बापत ३७ हजार देखि १ लाख रुपैँया सम्म बुझाएका थियौं । बच्चाको भविष्य राम्रो होला भनेर जसोतसो पैसा जुटाएर पठायौँ तर अहिले बिजोग अवस्थामा देख्दा मन कुँडिएको छ ।” यस बालगृहकी सञ्चालिका घिमिरे उपचारको क्रममा अस्पतालमा रहेकी छिन् र अहिले प्रहरीको निगरानीमा रहेकी छिन् ।

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली