Become a volunteer

Become a Blood Donor

16°C
few clouds

ओखरः मस्तिष्क विकास तथा स्वास्थ्यका लागि


Author : एजेन्सी

१३ कात्तिक ओखर एक यस्तो फल हो, जसमा प्रोटिन, एन्टिओक्सिडेन्ट, भिटामिन, खनिज पर्याप्त मात्रामा पाईन्छ । विशेषगरी ओखरमा ओमेगा फ्याटि एसिड  हुन्छ जसले मस्तिष्कको गतिविधिलाई तेज बनाउन मद्दत गर्दछ । 


ओखरका विशेष फाईदाहरु : 


१.मुटु स्वस्थ्य राख्ने  

ओखरमा ओमेगा ३ फ्याटी एसिड भरपुर मात्रामा पाईन्छ । साथै शरीरबाट खराब कोलेस्ट्रोल कम गर्ने र हृदयलाई स्वस्थ्य राख्न मद्दत गर्दछ ।


२.वजन घटाउने 

ओखर सेवनले भोक कम लाग्ने जसले वजन नियन्त्रण गर्न मद्दत्त गर्दछ ।

 

३. बिर्सने बानीलाई नियन्त्रण 

ओमेगा ३ फ्याटी एसिड, एन्टिअक्सिडेन्ट र भिटामिन ई को उपस्थितिले  दिमागको कार्यमा सुधार ल्याउने र अल्जाईमर जस्तो रोगलाई नियन्त्रण गर्दछ ।


४. निन्द्रा लाग्ने 

स्वस्थ्य रहनमा पर्याप्त निन्द्राको पनि आवश्यक हुन्छ । तर धेरै सुत्ने र कम सुत्ने बानीले स्वास्थ्यमा हानी गर्दछ । युनिर्भसिटी अफ टेक्सस्का अनुसार, ओखरमा मेलाटोनिन समावेश भएको हुन्छ, जसले छिटो निद्रा लाग्नमा सहयोग गर्दछ ।  

 


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली