Become a volunteer

Become a Blood Donor

16°C
broken clouds

कफी पाउडर प्रयोगगरी हटाउँ ह्वाईट हेड्स


Author : एजेन्सी

१७ कात्तिक ह्वाईट हेड्स धरै व्यक्तिमा समस्या बन्न पुगेको छ । ह्वाईट हेड्स सानो हुने र सेतो रंगमा देखिने गर्दछ र प्रायः अनुहार र घाँटीमा आउने गर्दछ । तर यो समस्या सामान्यता किशोरीमा शूरु हुन्छ र समयसंगै बढ्दै जाने गर्दछ । ह्वाईट हेड्स हटाउन धेरै विकल्पहरु छन् । 



ह्वाईट हेड्सलाई नियन्त्रण राख्ने तरिका 


 दहि, बेसन र कफी

एक चम्चा कफी पाउडर, बेसन र दुई चम्चा दहि मिलाउने । यो मिश्रणलाई अनुहारमा राम्रो सँग प्रयोग गर्ने र मालिस गर्ने । यसको प्रयोग त्यो स्थानमा गरौं जँहा ह्वाइट हेड्स बढी देखिने गर्दछ ।  



नमीको प्रयोग

मन्द गतिमा दुईदेखि तीन मिनेटको लागि मालिस गर्ने त्यसपछि पानीले मुख धुने र टोनरको प्रयोग गर्ने । अन्तिममा नमीको प्रयोग गर्न नबिर्सनुहोला ।   


मेकअप हटाएर प्रयोग गरौं पेष्ट

 यो मिश्रण हप्तामा धेरै पटक प्रयोग गर्न सक्नुहुनेछ । कफी, बेसन र दहि प्रयोग गर्नु अगाडि अनुहारको मेकअप राम्रोसंग हटाउनु होला ।



ह्वाईट हेड्स नियन्त्रणका सल्लाहरु 

१. दिनमा दुई पटक साबुन पानीले मुख धुने,

२. अत्यधिक सूर्य अनावरणबाट बच्ने,

३. सुत्नु अगाडि मेकअप हटाउने

४. हेयर स्प्रे प्रयोग गर्दा अनुहारमा पर्नबाट जोगाउने  

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली