Become a volunteer

Become a Blood Donor

19°C
few clouds

कफी पाउडर प्रयोगगरी हटाऔं ह्वाईट हेड्स


Author : नेपाल हेल्थ टाईम्स

६ पुष ह्वाईट हेड्स हरकोहि व्यक्तिमा समस्या बन्न पुगेको छ । ह्वाईट हेड्स सानो हुने र सेतो रंगमा देखिने गर्दछ र प्रायः अनुहार र घाँटीमा देखिने गर्दछ । तर यो समस्या सामान्यतया किशोर अवस्थामा सुरु हुन्छ र समयसंगै बढ्दै जाने गर्दछ । ह्वाईट हेड्स हटाउने धेरै विकल्पहरु छन् ।

 


ह्वाईट हेड्सलाई नियन्त्रणमा राख्ने तरिका 

  

दहि,बेसन र कफीको कमाल

एक चम्चा कफी पाउडर, बेसन र दुई चम्चा दहि मिसाउने । यो मिश्रणलाई अनुहारमा राम्रोसंग प्रयोग गरेर हातले मालिश गर्ने । यसको प्रयोग त्यो स्थानमा गरौं जँहा ह्वाईट हेड्स बढि देखिने गर्दछ ।  



नमीको प्रयोग

मन्द गतिमा दुई देखि तीन मिनेटको लागि मालिश गर्ने त्यसपछि पानीले मुख धुने र टोनरको प्रयोग गर्नुहोला । अन्तिममा नमीको प्रयोग गर्न नबिर्सिनुहोला ।   


मेकअप हटाएर प्रयोग गरौं पेष्ट

यो मिश्रण हप्तामा धेरै पटक प्रयोग गर्न सक्नुहुन्छ । कफी,बेसन र दहि प्रयोग गर्नु अगाडि अनुहारको मेकअप राम्रोसंग हटाउनु होला ।

ह्वाईट हेड्स नियन्त्रणमा राख्ने तरिका

१. दिनमा दुई पटक साबुन पानीले मुख धुने,

२. अत्याधिक सूर्यको तापबाट बच्ने,

३. सुत्नु अगाडि मेकअप हटाउने

४. हेयर स्प्रे प्रयोग गर्दा अनुहारमा नपर्ने गरि प्रयोग गर्ने ।

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली