Become a volunteer

Become a Blood Donor

20°C
few clouds

करेन्टले मानिसको दिमागको सिर्जनशिलता सुधार गर्ने


Author : नेपाल हेल्थ टाईम्स

बर्लिन, असार ९  बिजुलीको स्वीच अन गर्नाले दिमागको सिर्जनशिलतामा सुधार ल्याउन सकिने अनुसन्धानले देखाएको छ । जर्मनीमा फ्रिबर्ग युनिभर्सिटीका शोधकर्ता एलिजाबेथ हर्नस्टीन र उनका सहयोगीले ट्रान्सक्रेनियल डायरेक्ट करेन्ट स्टिमुलेसन (टीडीसीएस) प्रविधिको माध्यमबाट यस किसिमको प्रयोग गरेर देखाएका  हुन् । टीडीसीएसमा टाउकोमा इलेक्ट्रोड लगाएर दिमागमा बिजुलीको हलुका झट्का दिन सकिन्छ ।

न्यूरोसाइन्टिस्टका अनुसार पोजेटिभ इलेक्ट्रोड (एनोड) करेन्टका कारण दिमागको कोशिकाले बढी मिहेनत गर्छन् । नेगेटिभ इलेक्ट्रोट (क्याथोड) को भने उल्टो असर पर्छ । ब्रेन स्टिमुलेशनमा प्रकाशित एक दस्तावेजमा वैज्ञानिकले लेखेका छन्, “२२ मिनेटसम्मका टीडीसीएमपछि युनिभर्सिटीका विद्यार्थीले तीन स्ट्यान्डर्ड परिक्षणमा राम्रो परिणाम दिएका छन् । मनोवैज्ञानिक सिर्जनशिलताको मापनका लागि यो परिक्षण प्रयोग गर्न सकिनेछ ।


विद्यार्थीले राम्रा प्रदर्शन गरेका छन् । एनोड दिमागको दायाँ हिस्साको माथि इनफीरियर फ्रन्टल जाइरस (आईएफजी) मा लगाइएको थियो । यो हिस्सा समस्या समाधान गर्ने तथा तात्कालिक प्रतिक्रियासँग सम्बन्धित छ । आर्इंएफजीको बायाँतर्पm क्याथोड फिट गरिएको छ । दिमागको दायाँ हिस्साको गतिविधि बढाउने र बायाँ हिस्साको गतिविधि कम गर्ने प्रयास गरिएको छ । अनुसन्धान समूहका सदस्य क्रिस्टोफ निसेनले भनेका छन्, “जुन विद्यार्थीलाई टीडीसीएस दिइएको छ, अन्य विद्यार्थीको तुलनामा तीन परिक्षणमा १० देखि २० प्रतिशत राम्रो परिणाम आएको छ । जब इलेक्ट्रोडको स्थिति विपरित गरिएको थियो सिर्जनशिलतामा पनि गिरावट आएको थियो ।


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली