Become a volunteer

Become a Blood Donor

19°C
few clouds

कस्तो स्थितीमा जिम जानु हुँदैन ?


Author : नेपाल हेल्थ टाईम्स

असार १८, फिट रहनका लागि जिम जाने गरिन्छ । तर के तपाईलाई थाहा छ, जिमले तपाईलाई हानि पनि गर्न सक्छ ? शरीरमा सधै उत्तिकै शक्ति हुदैंन । बाहिरबाट तन्दुरुस्त देखिए पनि कहिले काहिं भित्री समस्या वा बिमारी भएको हुन सक्छ । शरीरलाई आराम खोजेको बेलामा कतै दुख त दिइरहेका छैनौं ?


कस्तो स्थितीमा जिम जानु हुँदैन ?


लगभग ४५ बर्षको उमेरमा शरीरमा शक्तिको कमि भईसकेको हुन्छ साथै हड्डीहरु पनि कमजोर भई रहेका हुन्छन् । यस्तो अवस्थामा जिम जाँदा धेरै सम्स्या उत्पन्न हुन सक्छ । बुझेर जानु भएमा पृथक हुन्छ । यदि पहिले देखि नै नियमित जिम जानुहुन्छ भने ६० बर्षको उमेर सम्म पनि कायम राख्न सक्नुहुन्छ, किनभने त्यस बेला सम्म तपाईमा स्ट्रेन्थ कायमै हुन्छ । जिम जानु शरीर र स्वस्थ्य बनाउनका लागि हो, स्वस्थ्यलाई हानि पुर्‍याउन हैन । तपाईको उमेर कम वा बढि भएमा, गर्भवती अवस्थामा अथवा दिउँसोको समयमा जिम जानुहुन्छ भने सावधान हुनुहोस् ।

 

फिट रहनुको सट्टा गल्ती त गरिरहनु भएको छैन ?


 १४ बर्ष पछि मात्रै जिम जानु पर्छ 

१४ बर्ष भन्दा अघि जिम गर्नाले शरीरमा क्षति पुग्न सक्छ । किनभने कम उमेरमा बच्चाहरुको हड्डी संवेदनशील हुन्छ । उनीहरुको मंसपेशी र नशाहरु कलिलो नै हुन्छ । यस्तो कलिलो समयमा नै जिम गर्नु हानिकारक हुन सक्छ । यसले शारिरीक विकासमा पनि नराम्रो असर पार्न सक्छ । यति मात्रै होइन, यदि १५ देखि २० बर्षको उमेरमा जिम शुरु गर्नुहुन्छ भने आफ्नो बिएमआई जाँचेर डाक्टरको परामर्श लिएर मात्र जिम जानुहोला । 

दिउँसोको समयमा जिम नगर्नु

जिम जानको लागि राम्रो समय बिहान नै हो, तर ब्यस्त जिवनशैलीले गर्दा मानिसहरु आफ्नो अनुकुल मिलाएर जिम जाने गर्छन् । कोहि बिहान सबेरै, कोहि साँझ त कोहि रातमा सम्म पनि जिम गर्ने गरेको पाइन्छ । यदि बिहानको समय निकाल्न मुस्किल छ भने साझ वा राती पनि ठिकै हुन्छ तर दिउँसोको  समयमा लगभग १२ बजे देखि ४ बजेको समयमा जिम जानु भने राम्रो मानिदैन । यो समयमा शरीर व्यायामको लागि पर्ण रुपमा तयार भएको हुदैन । यदि रातीको समयमा खाना ढिलो खानु हुन्छ भने मात्र जिम जानुहोस् र खाना खाए पश्चात कुनै शारीरिक व्यायाम अथवा जिम गर्नुहुदैन ।  

कम्मर तथा खुट्टामा समस्या हुँदा

कम्मर तथा खुट्टामा सम्बन्धि रोग वा कुनै किसिमको समस्या भएमा उक्त समयमा जिम बाट टाढा रहनु होला । यति मात्र होईन कि कुनै किसिमको भित्री बिमारी, घातक रोग, पत्थरी आदिमा पनि जिमले हानी पुराउन सक्छ । सकेसम्म यस्तो परिस्थितीमा जिम नजानु अथवा चिकित्सकको परामर्श लिएर मात्रै जिममा वर्कआउट गर्नु नै उचित हुन्छ ।   

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली