Become a volunteer

Become a Blood Donor

19°C
few clouds

किन याद हुदैंन निदाएको बेला देखिएका केहि सपनाहरु ?


Author : एजेन्सी

१७ असोज यस्तो प्रायः सधै हुने गर्छ जब हाम्रो निन्द्रा एक्कासी खुल्छ र महसुश गर्छाै सपनामा केहि देखिरहेका थियौं । जसबाट निकै उत्साहित भएका हुन्छौं अथवा धेरै डराएका हुन्छौं र उक्त उत्साहले हाम्रो निद्रा खुल्छ । तर अच्चमको कुरा सपनामा के देखिएको थियो त्यो याद रहदैन । कयौं पटक यस्तो हुन्छ बिहान अर्लामको आवाज सुनेर हाम्रो आँखा खुल्छ र महसुश गछौं हामी त निदाएको रहेनछौं । हाम्रो दिमागले लगातार काम गरिरहेको रहेछ । तर सपनामा के देखिएको थियो भन्ने याद हुदैंन ।

 

मनोवैज्ञानिकहरुका अनुसार निदाएको समयमा देखिएका केहि सपना याद हुन्छ केहि हुदैन । यस्तो स्लिपिङ प्याटर्नको कारणले हुने गर्छ । वास्तवमा निदाएको समयमा हाम्रो दिमाग चार वटा चरणबाट गुज्रिन्छ । जस मध्ये पहिलो तिन चरण नन र्या्पिड आई मोमेन्ट हुन्छन, जसलाई एनआरइएम भनिन्छ । निद्राको पहिलो चरण ब्यूझिएको अवस्थाबाट निदाउँनु हुन्छ । उक्त समयमा शरीर चलायमान अवस्थाबाट आफूलाई टाढा गर्दै आरमदायी स्थिति तर्फ गइरहेको हुन्छ ।


निद्राको दोस्रो चरण, जसमा देखिएको प्रायः जसो सपना याद हुदैन । त्यसलाई एनआरइएम भनिन्छ । निद्राको यस चरणमा दिमाग बिर्सिदै जाने चरणमा सक्रिय हुदै जान्छ । एक नँया अध्ययनमा देखियो दिमागले यस्ता अनावश्यक यादहरुलाई मेटाउनका निम्ति यस्तो गर्छ । यस्ता सपनालाई भुलाउने न्युरोन्सले मद्दत्त गर्छ र यहि न्युरोन्सले हाम्रो भोकलाई नियन्त्रण गर्ने गर्छ । यस शोध जापानको एक युनिभर्सिटीमा गरिएको थियो र उक्त शोधको प्रकाशन जनरल साइन्समा गरिएको थियो ।       


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली