Become a volunteer

Become a Blood Donor

19°C
few clouds

केरा कति गुंणकारी ?


Author : नेपाल हेल्थ टाईम्स

काठमाडौं । जेठ २९
केरा स्वास्थ्यको लागि निकै फाइदाकारी फल हो । यसमा भिटामिन 'सि' पाइन्छ । केरामा फाइवर र म्यगनिज पाइन्छ जुन हाम्रो शरीरको लागि गुंणकारी छ । केरा चिल्लो र कोलेस्ट्रोल रहित फल हो । यो हाम्रो मृगौला र कलेजोको लागि लाभकारी हुन्छ । यो फलले मृगौला र कलेजोबाट अनावश्यक तत्वहरू बाहिर निकालिदिन्छ । केराले स्नायू प्रणालीलाई सन्तुलित राख्न मद्दत गर्छ । यसमा भएको भिटामिन बि सिक्स् गर्भवती महिलाहरूका लागि निकै आवश्यक हुन्छ । जसले भ्रुंण विकासको लागि धेरै सहयोगी भूमिका निभाउँछ । एउटा केराले हाम्रो शरीरमा चाहिने कुल भिटामिन 'सि' को दश प्रतिशत मागलाई पुरा गरिदिन्छ । भिटामिन 'सि' कोशीका एवं तन्तुहरूको रक्षार्थ आवश्यक पर्दछ । शरीरलाई चाहिने फलाम अवशोषणको लागि पनि भिटामिन 'सि' को जरूरत हुन्छ ।



केरामा सेरोटोनिन नामक रसायन पाइन्छ जुन दिमागी स्वास्थ्यका लागि लाभदायक हुन्छ । 'सेरोटोनिन' यस्तो प्रोटिन हो जसले हामीलाई नैराश्यता पैदा हुनबाट रोक्छ । केरामा म्यागनिज नामक तत्व पाइन्छ जुन छालाको तन्तुहरूको रक्षा गर्नका लागि महत्वपूर्ण हुन्छ । शरीरलाई आवश्यक पर्ने म्यागनिजको १३ प्रतिशत माग हामीले एउटा मध्यम साइजको केराबाट प्राप्त गर्न सक्छौ ।

केरामा पोटाशियम पनि पर्याप्तै पाईन्छ । यसले हामीलाई मुटुजन्य रोगबाट बचाउँछ । एउटा केरामा ३२०–४०० एमजी पोटाशियम हुन्छ,जुन हाम्रो शरीरको दैनिक आवश्यकताको दश प्रतिशत हो । केरा पाचन प्रकृया सुधारका लागि पनि लाभकारी फल हो ।

 

 

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली