Become a volunteer

Become a Blood Donor

15°C
mist

के हो लिम्फोमा क्यान्सर ?


Author : एजेन्सी

१५ कात्तिक लिम्फोमा क्यान्सर तिव्र गतिमा विश्वभर फैलिदै छ । लिम्फोल एक प्रकारको रक्त क्यान्सर हो । राष्ट्रिय क्यान्सर संस्थानका अनुसार, २०१३ मा लिम्फोमा ६९ हजार ७ सय ४० घटना देखिएको थियो । त्यसैले यसलाई समयमा नै उपचार नगरेमा घातक बन्दैं जान्छ । यस क्यान्सरको बारेमा जानौं ः


लिम्फोमा भनेको के हो ? 

लिम्फोमा एक प्रकारको क्यान्सर हो । जुन पहिला प्रतिरक्षा प्रणालीको लिम्फोसाइट कोशिकामा फैलिन्छ । यो कोशिका लिम्फ नोड्स, बोन म्यारो, थाइमसमा हुन्छन् । लिम्फोमा क्यान्सरले शरीरको विभिन्न भागहरुमा असर गर्दछ । यसमा लिम्फोसाइटहरु पूर्ण रुपमा परिवर्तन हुने र बढ्ने गर्दछ । 


यसका प्रकार

लिम्फोमा दुई प्रकारको हुन्छ । 

१.नन् हजकिन 

२. हजकिन

यो दुवै क्यान्सर विभिन्न लिम्फोसाइटमा समावेश भएको हुन्छ जुन लुकिमिया क्यान्सर भन्दा फरक हुन्छ साथै यो दुवै ब्लड क्यान्सरका प्रकार हुन् । 


किन यसलाई खतरा मानिन्छ ?

१. चिकित्सकको सल्लाह अनुसार, हजकिन लिम्फोमा १५ देखि ५५ वर्षको उमेरमा हुनसक्छ । 

२. एचआईभी वा एड्सबाट पिडित व्यक्तिहरुलाई लिम्फोलको खतरा बढि देखिन्छ । 


यसका लक्षणहरु 

१. स्वास प्रस्वासमा अवरोध

२. ज्वरो 

३. राती अत्याधिक पसिना आउने 

४. थकान तथा अचानक वजन घट्ने 

५. लिम्फ नोड्स सुन्निने इत्यादि हुन् । 

 


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली