Become a volunteer

Become a Blood Donor

27°C
broken clouds

क्यान्सरबाट बच्ने सुत्र ब्रोकाउली


Author : नेपाल हेल्थ टाईम्स

असार ९, यदी तपाईलाई पत्ता भएको तरकारी खाने शोख छ भने तपाई आन्द्राको धेरै समस्याबाट बच्नु हुनेछ । हालै गरिएको एक अध्ययनले कोभी अथवा ब्रोकाउली जस्तो हरियो पात भएको तरकारीले आन्द्रालाई स्वस्थ्य बनाउँनुका साथै आन्द्रामा हुने क्यान्सरबाट जोगाउँछ । यो शोध इम्युनिटी नामको जर्नलमा प्रकाशित गरिएको छ ।

मुसालाई इन्डोल–३ कार्बिनोल (आईसी) युक्त आहार दिइएको थियो । यसले आन्द्रा सुन्निने रोगबाट  मुक्ति मिलेको पाइएको छ । मुसामा गरिएको अध्ययनबाट यो पत्ता लागेको हो । बन्दाकोभी तथा ब्रोकाउलीमा आईसी–३ पाईन्छ । जसले आन्द्राको क्यान्सरबाट जोगाउँछ । 

एएचआरले एक पर्यावरणीय सेन्सरको रुपमा काम गर्छ र यसले प्रतिरक्षा तन्त्र तथा आन्द्राको एपिथिलिएल कोशिकालाई संकेत प्रदान गर्छ । यसले सुन्निने अवस्थाबाट नियन्त्रण गर्छ र आन्द्रामा पाइने खरबौ ब्याक्टेरियाबाट प्रतिरक्षा प्रदान गर्छ ।

अध्ययनका प्रमुख बेलायतका फ्रान्सिस क्रिक इन्सटिच्यूटका अमिना मेतीजीका अनुसार क्यान्सरग्रस्त्र मुसालाई आई–३ सी बाट पर्याप्त मात्रामा भोजन गराइएको थियो । यसले मुसामा ट्यूमरको संख्यामा कमी देखिएको थियो ।


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली