Become a volunteer

Become a Blood Donor

21°C
few clouds

घरेलु खाद्यबाट फेस मास्कदेखि औषधिसम्म !


Author : एजेन्सी

८ असोज बजारमा धेरै स्किन केयर क्रिम पाईन्छ, तर अनुहारको चमकको लागि यदि तपाईं स्किन ट्रिटमेन्ट अथवा स्किन क्रिमको सट्टामा घरेलु उपायलाई अपनाउनु हुन्छ भने छालाको समस्या कम हुन्छ । प्राय: जसो मानिस आफ्नो अनुहारको लागि ईन्टरनेटमा स्किनको सुरक्षा, स्किन केयर टिप्स, छालाको एलर्जी, समस्या या स्किन सम्बन्धि समस्या भनेर खोज्ने गर्छन् । तर तपाइहरुलाई हामीे घरेलु खानेकुराबाटनै  तर तपाइहरुलाई हामीे घरेलु खानेकुराबाटनै छालाको हेरचाह गर्ने केही उपाय बताउदै छौ ।

घरेलु स्किन केयर टिप्सः  

छालाको सुरक्षा या स्किन केयर एउटा यस्तो काम हो जुन हामी सबै गर्न चाहन्छौ । तर, भागदौडको जिन्दगीमा यो छुटिरहेको हुन्छ । धेरै जस्ता मानिस स्किन केयरको बारेमा ३५ वर्षपछि मात्रै सोच्ने गर्छन् । यदि तपाईं पनि स्किन केयरको खोजीमा हुनुहुन्छ भने हामी तपाईंलाई  घरेलु उपाय बताउछौं ।  जुन अनुहारको चमकको लागि निकै प्रभावकारी हुन सक्छ । गर्मी मौसममा अनुहारको ख्याल राख्नु जरुरी  छ जति चिसो मौसममा राख्नु पर्छ । बजारमा धेरै स्किन केयर क्रिम  पाईन्छ । तर अनुहारको चमकको लागि यस्ता रसायनयुक्त क्रिम सबैका लागि लाभदायक नहुन सक्छ । स्किन केयरका लागि घरेलु उपाय अपनाउदा छालामा  हुने समस्या कम हुन सक्छ । 

१. चन्दनः

गर्मी मौसममा चन्दनको प्रयोग गर्नु छालाको लागि अति उत्तम मानिन्छ । चन्दन लगाउनाले छालालाई शान्त राख्न मद्दत मिल्छ । त्यस्तै अनुहारमा आएको डण्डीफोर तथा दागहरु लाई पनि हटाउनमा मद्दत गर्छ । एक चम्चा चन्दनको धुलोमा एक चम्चा बेसारलाई गुलाब जलमा मिलाएर लेप बनाउनुहोस् । सातामा २ पटक यो प्रकृतिक फेस मास्कको प्रयोग गर्नुहोस् । 


२.बेसारः 

बेसारको गुणका बारेमा धेरै जसो कुरा त हामीलाई थाहा नै छ । त्यसैले बेसारलाई सय वर्ष अघिदेखि  आजसम्म पनि औषधिको रूपमा लिइन्छ । छालाको लागि बेसारले एक प्राकृतिक फेस प्याकको काम गर्छ । यसको प्रयोगले अनुहारमा विशेष चमक आउछ । त्यसैले हाम्रो छिमेकी देश भारतमा विवाह अघि वर–वधुको छालामा बेसारको लेप लगाउने प्रचलन सयांै  वर्ष अघिदेखि चल्दै आएको छ । कति महिलाहरुले सुन्दर र प्राकृतिक निखार पाउनको लागि मुल्तानी माटो र बेसार मिसाएर पनि अनुहारमा लगाउने गर्छन् । तपाई चाहे पार्लरमा घन्टौं बिताएर मेकअप गर्नुस, तर तपाईंको अनुहारमा क्षणिक चमक आए पनि प्राकृतिक चमक भने आउदैन । तर बेसारबाट नै घरमै गोल्ड फेशियल तयार गर्न सकिन्छ । यसले तपाईंको अनुहारमा निखार आउँछ र तपाईंलाई प्राकृतिक सुन्दरताको महशुस हुन्छ । 


३. अमलाः 

कहिले कहि अग्रजहरुले हामीलाई सल्लाह दिने गर्छन् कि सधै अमला खाने गर्नु भनेर । तर, हामीले यसलाई गम्भीरतापूर्वक लिने गर्दैनौं । तर यही अनुभव सत्य सवित भएको छ । अमलालाई हरेक बिमारीको औषधि पनि भन्ने गरिन्छ । भनिन्छ अग्रजको कुरा र अमलाको स्वाद पछी मात्र बुझिन्छ । अमलाको प्रयोग प्राचीन आयुर्वेदिक प्रणालीमा धेरै जस्तो रोगहरुको उपचारको लागी लगभग पाँच हजार वर्ष पहिले देखी सुरु भएको हो । यसलाई नियमित सेवन गर्नाले मुटु रोगी, मधुमेह, अल्काइ (पाइल्स), दम, ब्रोन्काइटिस र फोक्सोको बिरामीको लागि रामवाण सावित हुन्छ । पतन्जली योगपिठ हरिद्वारका आचार्य बाल्कृष्णले भनेका छन् “अमला खानाले बुढौली आउदैन, यौवन रहिरहन्छ, पाचन तन्त्र दुरुस्त रहन्छ, आँखाको कम्जोरि, स्मरण शक्तिमा वृद्धि ल्याउछ, छाला र कपाललाई पोषण मिल्छ ।” आचार्य बाल्कृष्णका अनुसार धेरै समय सम्म बाच्नको लागि अमलाको चूर्ण रातको समयमा घ्यू, मह या पानीसँग सेवन गर्नुपर्छ ।यसैगरी अमला चूर्ण ३ देखि ६ ग्राम अथवा अमलाको रस र २ चम्चा मह र १चम्चा घ्यूसँग दिनको २ पटक खाएर दूध पिउने गर्नाले तपाईंलाई जवान बनाई राख्छ । 


४. दहीः

दहीमा रहेको भिटामिन ई, जिंक र फोस्फोरसले छालाको रगतलाई निखाइदिन्छ । यसलाई आफ्नो फेस प्याकमा मिसाएर अथवा खाली दहीले मात्रै अनुहारमा लगाएर २ मिनेट मालिस गर्नुस् । सबैभन्दा राम्रो फेस प्याक भनेको बेसन र कागतीलाई दहीमा मिसाएर हप्तामा २ पटक अनुहारमा लगाउनुस् ।


५. आइरनयुक्त आहारः 

भिटामिन सि को साथसाथै तपाईंले आइरनयुक्त खानामा पनि ध्यान  दिनु जरुरी हुन्छ । आयुर्वेदका अनुसार तपाईंले सधै मौषमी फल खाने गर्नुपर्छ । जाडो मौषममा तपाईंले गाजर र चुकन्दर शामिल गर्न सक्नुहुन्छ । यसको साथै यदि गर्मीको बारेमा सोच्दै हुनुहुन्छ भने अनारको जुस सेवन गर्नुहोस् । आइरन प्राकृतिक ब्लड पिउरिफायर हो जसले छालामा चमक ल्याउन मद्दत मिल्छ । 


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली