Become a volunteer

Become a Blood Donor

21°C
few clouds

घरेलु सामाग्रीबाट अनुहारको चाऊरीपना यसरी हटाउनोस्


Author : नेपाल हेल्थ टाईम्स

२२ भदौ जब कुनै मानिसको उमेर ढल्किदै जाँदा, छाला सुख्खा हुने, छाला पातलो हुदै जाने, झोल्लिने तथा अनुहारमा चाउरीपन देखिने गर्छ । बजारमा धेरै थरीका चाऊरीपना हटाउने क्रिम पाईन्छ तर घरायसी सामाग्रीहरुबाट पनि अनुहारको चाऊरीपना हटाउन सकिन्छ । 



ती घरेलु सामाग्री के– के हुन् र यसको प्रयोग गर्ने तरीका ?


१. धेरै पानी पिउनु

अनुहारमा चाऊरीपना रोक्नु हरेक दिन कम्तिमा ८ गिलास पानी पिउनु पर्दछ । जसले गर्दा छालालाई स्वस्थ्य राख्न मद्दत गर्छ र अनुहार सफा बनाउँछ । 


२.जैतुनको तेलको प्रयोग 

 जैतुनको तेलबाट प्राकृतिक तथा प्रभावकारी उपचार गर्न सकिन्छ । सुत्नु अगाडि अनुहारमा जैतुनको तेले लगाउने र बिहान उठेर मुख धुने गर्दा यसको सकारात्मक प्रभाव देखिन थाल्छ । 


३.कागतीको रस 

कागतीमा भिटामिन 'सि' पाईन्छ । कागतीको रसले अनुहारलाई उज्यालो बनाउनुका साथै चाऊरीपना कम गर्न मद्दत गर्दछ । 


४. घिउकुमारी 

घिउकुमारीमा म्यालिक एसिड पाईन्छ । यदि तपाईंको अनुहारको छालामा  ल्याउनु छ भने घिउकुमारीको गुदि लगाउने र १५ मिनेटमा धुने, त्यसपछि भिटामिन ई तेल लगाउने गर्नाले चाऊरीपना कम भएर जान्छ । 


५. गाँजर

गाँजरमा भिटामिन ए पाउने गर्छ जसले छालालाई नरम बनाउनुका साथै चाऊरीपनालाई पनि नियन्त्रण गर्दछ । गाँजरलाई उमालेर त्यसमा मह मिसाएर लगाउने गर्नाले स्वास्थ्य हिसाबले पनि लाभदाई हुन्छ र यसका साथै चाऊरीपनालाई पनि नियन्त्रणमा राख्दछ । यसलाई  काटेर खादा लाभ नै हुन्छ । 


६.अण्डाको सेतो भाग 

अण्डाको प्रयोग सुन्दरताको एउटा उत्कृष्ट उपचार हो । अण्डाको सेतो भागलाई अनुहारमा लगाएर १५ मिनेट राख्ने र त्यस पश्चात मनतातो पानीले अनुहार पखाल्ने, यसो गर्नाले तपाईको अनुहारलाई प्रोटिन, भिटामिन 'बिु' र 'ई' मिल्ने गर्छ, जसले प्राकृतिक सुन्दरता कायम राख्न मद्दत्त मिल्छ ।  


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली