Become a volunteer

Become a Blood Donor

19°C
few clouds

घिउकुमारीले स्वास्थ्यदेखि सुन्दरता सम्म कमाल


Author : नेपाल हेल्थ टाईम्स

१२ असोज हाम्रा घर वरपर पाइने प्राकृतिक बोट बिरुवालेनै विभिन्न किसिमको औषधीको काम गरिरहेका हुन्छन् । त्यस मध्ये नेपालीमा घिउ कुमारी भनिने एलोभेरा पनि एक हो । एलोभेरा एउटा क्याक्टस अर्थात काडेदार बिरुवा हो । एलोभेरा धेरै जसो गर्मी महिनामा पाईन्छ । यो भारत र अफ्रिकीे मुलुकहरुमा प्रचलित छ । एलोभेराले विभिन्न औषधीको काम गर्दैै आएको छ । यसको प्रयोग घाउमा लगाउनदेखि लिएर छाला चम्किलो र राम्रो बनाउनको लागी प्रयोग गरिन्छ ।


आउनुहोस् जानौ, के के छन् त यसका फाइदाहरु


एलोभेराका विशेषताहरु 

१.सनबर्न (घामले पोलेको)को उपचार

एलोभेरामा पोलिस्याकराईडिज पाईन्छ । जसले छालालाई फेर्ने काम गर्छ तसर्थ  घाममा डढेको पुरानो छालालाई परिवर्तन गर्ने काम गर्छ र नयाँ छाला निकाल्छ ।


२.नमी (मोस्चराइजर) प्रदान

एलोभेरामा धेरै पानी पाईन्छ जसले मोस्चराईजरको काम गदर्छ । एलावेराको भित्रिभाग रसिलो  हुन्छ  जुन  छालामा लगाउँदा  चम्किलो र सुन्दर बनाउन मद्दत गर्दछ ।


३.चाउरिपना रोक्न मद्दत गर्छ

हरेक व्यक्तिलाई आफ्नो सुन्दरता र बुढोपनाको तनाव भई रहेको हुन्छ । एलोवेराले  भिटामिन 'ए' र 'सि' प्रदान गर्नुका साथै अनुहारलाई आकर्षक बनाउने र चाउरीपना हटाउने काम गर्दछ । 


४.एलोभेरा सुगर (मधुमेह)का लागि पनि उपयोगी 

एलोभेरा ७५ किसिमका पोषणले युक्त हुन्छ जस्तै भिटामिन, मिनिरल, एमिनो एसिड आदि जसले सुगर र बोसो रोग भएका व्यक्तिलाई फाईदा गर्ने काम गर्दछ र रगतमा चिनीको मात्रा कम गर्ने गर्दछ ।


५.डण्डिफोर हटाउने 

एलोवेराले सोलिसिक एसिड राखेको हुन्छ जसले पिम्पल, चिल्लोपना हटाएर अनुहार सफा गर्ने काम गर्दछ र अनुहारको एक्ने अर्थात डडिफोरलाई हटाउन निरन्तर सहयोग  गर्छ । 


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली