Become a volunteer

Become a Blood Donor

21°C
few clouds

छालाको संक्रमणबाट छुट्कारा पाउने घरेलु उपाए


Author : नेपाल हेल्थ टाईम्स

४ पुष छाला शरीरको सबै भन्दा ठूलो अंग हो । यसको कार्य शरीरलाई सक्रंमणबाट  बचाउनु हो । कहिलेकाँहि छाला आफैमा संक्रमित हुन्छ । धेरै प्रकारका किटाणुहरुको कारणले छालामा संक्रमण हुने गर्दछ । सानो सक्रंमणलाई ख्याल नगरेमा यो फैलिदै जान्छ, त्यसैले बेलैमा यसको उपचार गर्न जरुरी हुन्छ ।

 

सक्रंमण हटाउन घरेलु उपाए 


१.दहि 

दहि वा अन्य प्रोबायोटिक उत्पानमा ब्याक्टेरियाको गुण हुन्छ, जसले संक्रमण्मबाट लड्ने गर्छ । 


२.एप्पल साइडर भेनेगर 

यसमा एन्टिफंगलको गुणहरु हुन्छ । जसले संक्रमण हटाउन मद्दत गर्छ । त्यसका लागि  

एउटा कचौरामा तातो पानी लिने र त्यसमा एक चम्चा एप्पल साइडर भेनेगर मिसाउने र कपासको सहयोगले प्रभावित ठाँउहरुमा लगाउने, केहिदिनमा यसको प्रभाव देख्न सकिन्छ । 


३.लसुन 

लसुनमा एन्टिब्याक्टेरियल र एन्टिमाइक्रोबियल गुणहरु हुन्छन् । दुई वटा लसुनलाई पिस्ने र जैतुनको तेलमा मिसाउने र संक्रमण भएको भागमा लगाउने गर्नुहोस् । साथै लसुनलाई आहारमा समावेश गर्नाले सकं्रमणको सम्भावना कम हुने गर्दछ । 


४.बेसार 

बेसार संक्रमणलाई नियन्त्रणमा राख्ने एक उपयुक्त तत्व हो । बेसारलाई तातो पानीमा मिलाएर घाउमा लगाउने र पट्टी बाध्ने । दिनमा दुई पटक यसको प्रयोग गर्नुहोला । जसले छालाको संक्रमण हटाउनुका साथै दाग हटाउन मद्दत गर्दछ । 

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली