Become a volunteer

Become a Blood Donor

16°C
few clouds

जंक फूडले मधुमेह, अल्जाइमर जस्ता रोग


Author : एजेन्सी

 १८ कात्तिक यदि तपाईं धेरै जंक फूड खान रुचाउनु हुन्छ भने सावधान रहनुहोस् । जंक फुूड खानाले स्मरण शक्तिमा क्षति पु¥याउने गर्दछ । दिमागको कार्यक्षमता कमजोर बनाउने र अल्जाइमर जस्ता समस्या देखिने गर्दछ । यति मात्र नभएर जंक फूडले मधुमेह जस्ता रोग निम्त्याउने गर्दछ ।


एक अनुसन्धानका अनुसार, हरेक दिन जंक फूड खानाले दिमागमा नकारात्मक असर पर्ने गर्दछ । त्यसैगरी मस्तिष्कको कार्यक्षमतामा पनि हानी पु¥याउनुका  साथै स्मरण शक्ति कमजोर बनाउने गर्दछ । अष्ट्रेलियन नेशनल यूनिभर्सिटिका प्राध्यापक निकोलस चेरुबिनका अनुसार, धेरै फास्ट फूड खान रुचाउने व्यक्तिहरुमा टाइप—२ मधुमेह र मस्तिष्कको कार्यक्षमता घट्न सक्ने देखिएको छ । 


त्यसैगरी यदि तपाईंले अधिक बर्गर, पिज्जा खाने गर्नु हुन्छ भने सर्तक रहनुहोस् । यसले तपाईंको दिमागको क्षमतामा ह्रास ल्याउने गर्दछ । दुनियाभरमा ३० प्रतिशत भन्दा बढी जनसङख्या मोटोपनाको सिकार हुने गरेको छ । विश्वभर सन् २०३० सम्ममा  १० प्रतिशत जनसङख्यामा टाइप २ मधुमेह हुनसक्ने देखिन्छ । अनुसन्धानका अनुसार यस्ता चिज सेवन गरेर आफ्नो मानसिक स्वास्थ्यमा घातक रोग उत्पन्न हुन सक्ने बताएको छ । 


साथै अस्वस्थ्य खानपान र व्यायाम नगर्नाले टाइप–२ मधुमेह हुने गर्दछ । यसले दिमागी स्वास्थ्यलाई घात गर्न सक्छ । त्यसैगरी धेरै जंक फूड सेवन गर्नाले सिकुडने र डिमेंसिया जस्तो समस्या देखिने गर्दछ ।    

 


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली