Become a volunteer

Become a Blood Donor

18°C
few clouds

जवान महिलालाई अपर्याप्त यौन आनन्द


Author : नेपाल हेल्थ टाईम्स

एजेन्सी,काठमाडौं । बेलायतका २५ देखि ३४ वर्ष उमेर समूहका महिलाले आनन्द लिने खालको यौन जिवन नपाएको पब्लिक हेल्थ इंग्ल्यान्डले गरेको सर्भेले देखाएको छ । बेलायती स्वास्थय निकायले प्रजनन स्वास्थयको भावि नीति निर्देश गर्नका लागि गरेको यस किसिमको पहिलो सर्भेमा १६ वर्ष भन्दा माथिका ७ हजार महिलामा सर्भे गरेको थियो । उमेर बढेसँगै यौन सन्तुष्टिमा पनि वृद्धि भएको देखिएको छ । विगत १२ महिनाको अवधिमा ५५ देखि ६४ वर्ष उमेर समूहका एक तिहाई भन्दा कम महिलामा मात्रै यौन आनन्द नपुगेको देखिएको छ । समग्रमा अनिच्छुक गर्भधारणको अवस्था नआओस  भन्ने महिलाको सबैभन्दा ठूलो चासोको रुपमा देखा परेको छ ।


बेलायतमा पिडादायी अवस्थलाई व्यवस्थापन गर्नु तेस्रो प्रजनन चिन्ताको विषयको रुपमा देखा परेको छ ।  यसैबीच आनन्दको यौजन जिवन दोस्रो ठूलो चिन्ताको रुपमा देखा परेको छ । प्रजनन् स्वास्थ्यको परिक्षण गर्नु चौथो समस्याको रुपमा देखा परेको छ । बेलायतमा प्रजनन लक्षण पाँचौ ठूलो समस्यको रुपमा देखा परेको छ । गर्भपति हुनु छैटौ ठूलो स्वास्थय समस्याको रुपमा देखा परेको छ । यसैगरी सरुवा रोगको संक्रमणमा जानुलाई सातौ ठूलो समस्याको रुपमा हेरिएको छ । महिलाको जिवनको पृथक चरणमा पृथक विषयबस्तुले तुलनात्मक रुपमा बढी र कम महत्व राख्ने गरेको छ ।
सर्भेमा सहभागी गराइएका महिलाहरुमा बेलायतका १६ वर्षदेखिमाथिका रहेका छन् ।

सर्भेमा सहभागी महिला मध्ये ६५ प्रतिशतले बितेको महिनामा मात्रै यौन सम्पर्क गरेको बताएका छन् । १२ प्रतिशतले अघिल्लो तीन महिनाकमो अवधिमा यौन सम्पर्क गरेको बताएका छन् । एक तिहाई महिलाले विगत १२ महिनाको अवधिमा कठोर किसिमको प्रजनन स्वास्थयको लक्षणको अनुभव गरेको बताएका छन् । यसमा महिनावारीको समयमा अधिक रक्तश्राव हुने लगायतका समस्याहरु रहेका छन् । यी समस्याले महिलाको दैनिक क्रियाकलाप गर्ने क्षमता प्रभावित भएको देखिएको छ । यस्तो समस्याको बारेमा उनीहरुले काम गर्ने सहकर्मीलाई पनि भन्ने गरेका छैनन् ।
यस किसिमको विषयमा जानकारी लिनका लागि लाज अवरोधको रुपमा देखा परेको छ ।


पीएचई फोकस ग्रुपमा हिस्सा लिएकी एन्जेला किलकोइनेले भनेकि छन्, “ म १३ वर्षको हुदा महिनावारीको समयमा भएको अधिक रक्तश्रावको बारेमा भन्न लाज मानेकि थिए । उक्त समयमा मलाई हलुका खालको दुखाई हुन्थ्यो र दुर्गन्ध पनि आउने गरेको थियो । मैले केही वर्ष बैंकमा काम गरेको थिए । बैंकको वातावरण पुरुष प्रधान थियो । मैले आफ्नो समस्याको बारेमा कहिले पनि मेनेजरसँग भनिन । सहन नसक्ने अवस्थाका कारण मैले जागिरनै छोडे । ”

 

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली