Become a volunteer

Become a Blood Donor

19°C
few clouds

जोसे मोरिन्होको प्रिमियर लिगमा पुनरागमन, पोचेटिनो बर्खास्त


Author : नेपाल हेल्थ टाईम्स

५ मंसिर पोर्चुगिज म्यनेजर जोसे मोरिन्हो सन २०१८ डिसेम्बर  मा म्यानचेस्टर युनाइटेडबाट  बर्खास्त भएपछि प्रिमियर लिगमा फेरि फर्केका छन। मौरिसियो पोचेटिनोलाई टोटन्ह्याम हट्स्परले बर्खास्त गरेपछि उनको  ठाउँमा मोरिन्होलाई अनुवन्ध गरेको हो ।  टोटेनह्यामले सन २०२३ सम्मको लागि अनुबन्धमा जोसे मोरिन्होलाई नयाँ व्यवस्थापकको रूपमा नियुक्त गरेको हो।




सन २०१९/२० सिजनको खराब शुरुवातपछि पोचेटिनोलाई क्लबले बर्खास्त गरेको घोषणा पछि तुरुन्त जोसे मोरिन्होलाई अनुबन्ध गरेको घोषणा टोटन्ह्यामले गरेको थियो  । स्पर्स हाल प्रिमियर लिगको तालिकामा  १४ औं स्थानमा छ । पहिलो १२ लिग खेलहरू मध्ये केवल तीन खेलमा मात्र जित हाँसिल गरेको छ । च्यम्पियन्स लिगमा बायर्न म्यूनिखसंग ७(२ ले पराजित भएको थियो।


मोरिन्हो २०१८ डिसेम्बरदेखि व्यवस्थापनबाट बाहिर थिए  । जब उनलाई म्यानचेस्टर युनाइटेडले बर्खास्त गरेको थियो । तीन पटक प्रिमियर लिग विजेताले किन  स्पर्सको जागिर लिने निर्णय गरे भनेर वर्णन गरेका छन।

“म यस्तो ठूलो धरोहर र त्यस्तो उत्कृष्ट समर्थकहरूको क्लबमा सामेल हुन पाउँदा उत्साहित छु,“ मोरिन्होले क्लबको बयानमा भनेका छन । 



सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली