Become a volunteer

Become a Blood Donor

19°C
heavy intensity rain

ट्राफिक आइल्याण्डहरुमा फूलका स्तम्भ जडान गरिने


Author : नेपाल हेल्थ टाईम्स

काठमाडौं

असार १,नविल बैंक लिमिटेड तथा काठमाडौं महानगरपालिका बीच जेष्ठ ३१ गते एरोपोनिक प्रणालीबाट फूलका १२ वटा स्तम्भहरु जडान गर्ने विशेष सौन्दर्यकरण सम्झौता भएको छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नयाँ सडक गेट अगाडि पूर्व तर्फको र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिम तर्फको सडकका ट्राफिक आइल्याण्डहरुमा उक्त स्तम्भहरु जडान गरिने छ ।


फूलको स्तम्भहरुमा नियमित पानीको स्प्ररे  प्रवाहित गरी बर्षै भरी फूल फूलाई हरियालीयुक्त रमणीय  बनाईने छ । काठमाडौं महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले नबिल बैंक संगको यस सम्झौताले काठमाडौंको सुन्दरता बढाउने हुदा आफू धेरै उत्साहित भएकोे बताए ।


उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस सहकार्यले नविल बैंकले अवलम्वन गर्दै आएको हरितकरण प्रयासलाई टेवा पूर्याई काठमाडौं महानगरपालिकामा रहेका सडकका ट्राफिक आइल्याण्डहरुमा सौन्दर्य वृध्दि गरी शहरको वातावरण समेतलाई सपार्ने विश्वास ब्यक्त गरे ।


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली