Become a volunteer

Become a Blood Donor

22°C
few clouds

डण्डीफोरले आयो ? यसो गर्नुहोस्


Author : नेपाल हेल्थ टाईम्स

काठमाडौं । ६ साउन, छालामा देखिने एक सानो सक्रंमण जो सामान्यता ११ देखि ३० वर्षको उमेरका मानिसहरुमा धेरै देखिने गर्दछ । डण्डीफोरको मुख्य कारकहरु : तेल आधारित मेकअपको प्रयोग, आनुवांशिक, महिनावारी, धुलो, चिन्ता, तनाव, इत्यादि हो । 

डण्डीफोरलाई नियन्त्रण गरौं यसरी

१. दिनमा दुई पटक मुख धुने 

नियमित रुपमा दिनमा दुई पटक मुख धुनु राम्रो मानिन्छ । जसले अनुहारबाट निस्किने चिल्लोपना लाई नियन्त्रण गर्ने, धुलोलाई मध्यम राख्ने र डण्डीफोर हटाउन मद्दत गर्छ । तर धेरै मुख धुनाले अनुहारलाई सुख्खा बनाउँछ र चाऊरीपनाको समस्या देखिन्छ । 

२.कपाललाई सफा राख्ने

कपाल अधिक मात्रामा चिल्लो भएमा छालामा सजिलै प्रवेश गर्दछ र डण्डीफोरको सक्रंमण बढ्ने गर्दछ । त्यसैले नियमित रुपमा कपाल नुहाउनु पर्छ । यसैगरी कपालमा प्रयोग गरिने जेल, स्प्रेलाई अनुहारमा पार्नु हुदैन ।

३.तनाव घटाउने 

तनावका कारणले पनि धेरै व्यक्तिमा डण्डीफोर आउने गर्दछ । तनाव नियन्त्रण गर्न व्यायाम, योग, आराम इत्यादि जस्ता कार्य गर्नु पर्दछ । 


४.ग्रिन टि को प्रयोग 

धेरै मानिसहरु स्वास्थ्यलाई फिट राख्न ग्रिन टि सेवन गर्छन । यसले स्वास्थ्यका साथै अनुहारलाई पनि धेरै फाईदा गर्दछ । ग्रिन टि मा फ्लाभोनोइड्स र ट्यानिनहरु समावेश भएको हुन्छ । जसले डण्डीफोरलाई नियन्त्रण गर्दछ । 

   


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली