Become a volunteer

Become a Blood Donor

15°C
mist

डाक्टर भगवान कोइराला नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियूक्त


Author : नेपाल हेल्थ टाईम्स

काठमाडौं । १७ कात्तिक मन्त्रिपरिषदको बैठकले डा. भगवान कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको छ ।  आईतबार बसेको मन्त्रिपरिषदको बैठकबाट डा. कोइरालालाई नेपाल मेडिकल कउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 


डा. कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्न समेत प्रस्ताव गरिएको थियो । कोइरालालाई काउन्सिलमा अध्यक्षमा नियुक्त भए काउन्सिलमा सुधार आउने अपेक्षासाथ धेरैको सुझाव आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषदमा प्रस्ताव राखेको स्रोतले जानकारी दियो । 


डा कोइरालाको काउन्सिलको अध्यक्ष नियुक्तिले डा. धर्मकान्त बास्कोटाको त्रिवि उपकुलपतिका लागि ढोका खुल्ने सम्भावना बलियो रहेको संकेत समेत गर्दछ । गत जेठमा काउन्सिल अध्यक्षको कार्यकाल सकिएको डा. बास्कोटाले काउन्सिलको अध्यक्ष रहदा राम्रो छवि बनाएका थिए ।


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली