Become a volunteer

Become a Blood Donor

20°C
few clouds

तातो पानी र केरा खाउँ, वजन घटाउँ


Author : नेपाल हेल्थ टाईम्स

असार ३, खराब जीवनशैली र गलत खानपानले मानिस मोटाउने गर्दछन् । धेरै व्यक्ति केरा खाने गर्दैनन् । वजन बढ्ने डरले उनीहरुले यसो गरेका हुन् । तर तपाईंलाई थाहा छ ? जापानीजहरु वजन कम गर्नाका लागि केरा सेवन गर्ने गर्छन् । बिहानै तातो पानी र केरा खानाले वजन कम हुने विषय वैज्ञानिकाले पनि प्रमाणित गरिसकेका छन् । 

यसो गर्नाले मेटाबोलिजम बढ्ने गर्छ । यसको अर्थ शरीरमा भएको बोसो बर्न हुने क्षमतामा वृद्धि हुन्छ । केरा एउटा यस्तो फल हो जसले शरीरमा ऊर्जा प्रदान गर्दछ । बिहान केरा सेवन गर्नाले दिनभर पेट भरि रहन्छ र टन्न महशुस हुन्छ । जब भोक कम लाग्छ, त्यसले हाम्रो वजन नियन्त्रण गर्न मद्दत गर्छ । एउटा अध्ययनका अनुसार तातो पानी र केराको संयोजनले पाचनमा सुधार ल्याउँछ र वजन नियन्त्रण गर्न मद्दत पुग्छ । जानी राखौँ कसरी तातो पानी र केरा खाएर वजन कम गर्न सकिन्छ स्

बिहान उठेर पहिला एक गिलास तातो पानी खाने र खाएको आँधा घण्टामा केरा खानु पर्छ । यस डाइटलाई जापानमा असा नान भन्ने गरिन्छ । यस तरिका हितोशी र सुमिको नामका दुई जापानिजले गरेका थिए । 

नोट: तातो पानी र केरा खानाले शरीरमा कुनै हानी गर्दैन । तर, यसलाई सेवन गर्नु अगाडि चिकित्सकसँग सल्लाह लिन जरुरी छ ।  


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली