Become a volunteer

Become a Blood Donor

21°C
few clouds

तालुखुइले पुरुष आकर्षक,मजबतु र बुद्धिमान


Author : नेपाल हेल्थ टाईम्स

१ भदौ  टाउकोको तालु चाडै खुइलिने व्यक्ति धनवान हुन्छ भन्ने जनबोली रहदै आएको छ । तर अध्ययनले तालु खुइले पुरुषको विषयलाई लिएर एक नयाँ अध्ययन देखा परेको छ । यो ज्यादै रोचक छ । यो अध्ययनका अनुसार तालु खुइले पुरुष आकर्षक, मजबुत तथा अत्यन्त बुद्धिमान हुन्छन् । यदी तपाईलाई यो कुरामा विश्वास लाग्दैन भने विश्वकै धनी जेफ बेजोसलाई हेर्नुहोस् वा हलिउड अभिनेता जेसन स्ट्याथमलाई पनि हेर्न सक्नु हुनेछ । यी दुवै पुरुष तालु खुइले छन् र अत्यन्त आकर्षक पनि ।



अमेजनका संस्थापक जेफ बेजोस तथा अभिनेता जेसम सटेथेम दुवै सफल व्यक्ति हुन् । यस्तो अवस्थामा यदी तपाई तालु खुइले हुनुहुन्छ भने तपाईलाई लाज मान्नु आवश्यक छैन । अध्ययनले तालु खुइले पुरुष अत्यन्त आकर्षक हुने देखाएको छ । टाउकोमा कपाल नहुनाले कुनै फरक पर्दैन ।


पेनसिलभेनिया युनिभर्सिटीमा भएको अध्ययनमा भनिएको छ कि तालु खुईले पुरुष थप बर्चश्व कायम गर्ने खालका हुन्छन् । अध्ययनका अनुसार तालु खुईले पुरुष धेरै बुद्धिमान हुन्छन् । यो अध्ययन युनिभर्सिटी अफ साराल्यान्डमा गरिएको थियो र यसमा तालु खुईले पुरुष बुद्धिमान तथा तेज हुने देखाएको छ ।

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली