Become a volunteer

Become a Blood Donor

22°C
few clouds

निजगढ विमानस्थल बनाउनका लागि २४ लाख रुख काटिदै


Author : नेपाल हेल्थ टाईम्स

बारा। जेठ २९

हालसम्म नेपालमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहदै आएको छ । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनाले बेला बेलामा समस्या आएको समयमा उडाननै रोक्नु पर्ने अवस्थाको  सिर्जना भएका छ। यो अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले अन्य तीन अन्तर्राष्ट्रिय विमानस्थहरु बनाउन लागेको छ । यस मध्ये निजगढ विमानस्थल पनि एक हो । तर जंगलको ठूलो हिस्सा समेट्नु पर्ने र ठूलो संख्यामा रुख कटान गर्नुपर्ने भएकाले यो विमानस्थलमा केही विवादहरु  सिर्जना भएका छन् । यद्यपि नारायणी अञ्चलको बारा जिल्लामा पर्ने निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरिएको छ ।

जहाँ सरकारलाई १७ हजार हेक्टरको जंगल प्रदान गरिएको छ भने  विमानस्थल बनाउनका लागि ८ हजार हेक्टर आसपास रहेका २४ लाख रुख काट्नु पर्ने देखिएको छ । जसले गर्दा सालका रुखहरु, २३ प्रजातिका स्तनधारी जनावरहरु, ३ सय ३३ प्रजातीका बिरुवाहरु,२२ लोप हुनलागेका अन्य प्रजातीहरु, ३१प्रजातीका चराहरु, १० प्रजातीका घस्रने जीव जन्तुलाई हानी नोक्सनी पुग्ने देखिएको छ । निजगढ विमानस्थल सन् २०२५ मंसिरमा निर्माण सम्पन्न हुने अनुमान लगाईएको छ ।

यो विमानस्थल चितवन, पर्सा राष्ट्रिय निकुञ्ज आदिको आसपासमै छ । यसै अवस्थालाई मध्यनजर गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोषका सोध अधिकारी बाबुराम लामिछाने भन्छन्, 

“पूर्व पश्चिम राजमार्ग ,पर्सा राष्ट्रिय निकुञ्जको नजिकमा छ । जसका कारण त्यहाँको जीवजन्तु निजगढमा आउन सक्छ । यस्तो अवस्थामा यदि विमानस्थलको निर्माण भएमा प्रवासी प्रजातिहरुलाई प्रभावित पार्ने छ ।”

विमानस्थल बनेमा यसबाट पर्ने असरको बारेमाराष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकी भन्छन्, “पानीको धारा पर्सा राष्ट्रिय निकुञ्ज र निजगढ हुदै जान्छ र त्यहाँ बाघ , हात्ती पाईने हुदा हामीले यदि उक्त क्षेत्र नास गरिदियौं भने उनीहरुलाई सुरक्षित बस्ने स्थान हुदैन । जसले त्यहाँका बासिन्दालाई समेत जोखिम हुन सक्छ ।” त्यसैगरी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वन्यजन्तु संरक्षण विज्ञ मनोज गौतमका अनुसार १ जना बराबर २५ रुख रोप्यौँ भने पनि हामीले निजगढ जत्रो जंगल बनाउँन सक्दैनौ  । यदि सके पनि हराएका बन्यजन्तु, प्रजाति चरा, हात्ती ल्याउन सकिदैन । गौतमले थपे, “यो विमान स्थल बनाएर पर्यावरण अपराध गरिदैछ ।” 

 

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली