Become a volunteer

Become a Blood Donor

21°C
few clouds

नियमित सेभिङ गर्नुस्, यसको छ फाइदै फाइदा


Author : एजेन्सी

२ भदौ  महिला मुहारमा ग्रुमिङका लागि फेसियल त कहिले क्लीनअप गराउँछन् । पुरुषले आफ्नो मुहारमा निखारता ल्याउनका लागि दैनिक सेभिङको सहारा लिन्छन् । तर तपाईंलाई थाहा छ सेभिङबाट फाइदै फाइदा छ ।


मृत छालालाई हटाउँछ

दैनिक सेभिङ गर्नाले मुहारलाई सफा गर्ने मात्रै होइन कि छालाको माथिल्लो सतहमा जमेको मृत कोषहरुबाट पनि मुक्ति मिल्छ । राम्रो किसिमबाट सेभिङ गर्नाले यसले तपाईलाई फ्रेस ममसुस गराउनुका साथै उर्जावान पनि महसुश गराउँछ ।


स्वस्थ्य छाला

छालाबाट मृत कोषिकालाई हटाउनुका अलावा सेभिङले तपाईको मुहारमा हलुका मसाज गराउनुका साथै यसको भित्रपट्टिको मागलाई भर्न समेत सहयोग गर्छ ।


जवान छालाका लागि फाइदाजनक

नियमित रुपमा सेभिङ गर्नाले छालाको मृत कोषिकालाई हटाउँछ र छालामा मेलानिन तथा केराटिनको उत्पादन बढ्न जान्छ । जसका  कारण नयाँ बन्ने छाला पुरानो भन्दा केही जवान देखिन्छ र त्यसलाई छिट्टै रिकभर हुनका लागि सहयोग गर्छ ।


नियमित सेभिङले पीएच लेभलमा नियन्त्रण

दैनिक सेभिङ गर्दा तपाईले पुन सेभिङ क्रिम, जेल, प्री सेभ आयल वा बामको प्रयोग गर्नु हुन्छ, त्यसले तपाइको पीएच लेभललाई सन्तुलनमा राख्नका लागि सहयोग गर्छ ।

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली