Become a volunteer

Become a Blood Donor

22°C
thunderstorm with light rain

नेपाल प्रहरी अस्पतालमा रक्तसंचार केन्द्र र फिजियोथेरापी रिहाविलिटेशन युनिट उद्घाटन सम्पन्न


Author : नेपाल हेल्थ टाईम्स

काठमाडौं । ३ पुष नेपाल प्रहरी अस्पताल महाराजगंजमा नवनिर्मित रक्तसंचार केन्द्र र फिजियोथेरापी रिहाविलिटेशन युनिटको बुधबार आयोजित एक समारोहमा उद्घाटन गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहयोगमा नवनिर्मित रक्तसंचार केन्द्रको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले संयुक्त रुपमा तथा फिजियोथेरापी रिहाविलिटेशन युनिटको प्रहरी महानिरीक्षक खनालले उद्घाटन गर्नुभएको हो । उद्घाटन पश्चात उहाँहरुले उक्त केन्द्र र युनिटको अवलोकन समेत गर्नुभएको थियो ।


उक्त कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले प्रहरी महानिरीक्षक खनाललाई राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट सहयोग स्वरुप ४० लाख रुपैयाँ बराबरको चेक समेत हस्तान्तरण गर्नुभयो ।

 

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, राष्ट्रिय वाणिज्य बैंकका पदाधिकारीहरु, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल रक्त संचार केन्द्रका प्रमुख लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली