Become a volunteer

Become a Blood Donor

19°C
few clouds

पब्जीको महामारी


Author : नेपाल हेल्थ टाईम्स

काठमाडौं । जेठ २९

पब्जी एउटा वार गेम हो। यो गेम २० डिसेम्बर २०१७ मा सार्वजनिक गरिएको हो। पब्जी एक जापानी सिनेमा ब्याटल रोयालबाट प्रभावित भएर डिजाइन गरिएको गेम हो । यसले गेम अफ द इयर लगायत बिभिन्न अवार्डहरू जितिसकेको छ। यस गेमका प्रयोगकर्ताहरू ४० कोरोडको संख्यामा पुगिसकेका छन्।पब्जीमा १०० जना खेलाडीलाई प्यारासुटबाट एउटा टापुमा खसालिन्छ जहाँ उनीहरूले बन्दुक खोजेर आफ्ना दुश्मनहरूलाई मार्दै अगाडि बढ्नुपर्ने हुन्छ।अन्त्य सम्म जो बाँच्दछ उहि नै विजेता हुन्छ । ४ जनाको समूह बनाएर पनि यो गेम खेल्न सकिन्छ । उनीहरू अन्त्य सम्म पुगेमा विजेता बन्छन् । यो गेम डाउनलोड गर्न २ जी बी स्पेस हुन जरूरी छ । यसले फोनमा धेरै स्पेस लिन्छ।


युवा तथा बच्चा बिच निकै लोकप्रिय बनेको Player Unknown's battlegrounds(PUBG) गेम अभिभावकहरूका लागी टाउको दुखाईको बिषय बन्न पुगेको छ। नयाँ नयाँ अपडेटहरूका साथै नयाँपनहरू थपिँदै जाने हुँदा यो गेम अझ बढि रोचक हुन्छ र एउटा खराब तल वा दुर्व्यसनको रूपमा परिणत हुन पुग्छ।भारतको जम्मू कश्मीरको एउटा घटनालाई उदाहरणको रूपमा लिन सकिन्छ। एक फिटनेस प्रशिक्षकले लगातार १० दिन पब्जी खेल्दा आफ्नो मानसिक सन्तुलन गुमाउन पुगेका थिए। उनलाई यस गेमको लत यतिसम्म लाग्यो कि उनी आफूले आफैलाई मुक्का प्रहार गर्न थाले र आफैलाई घाईते बनाए । उनलाई अस्पताल पुर्याइयो । चिकित्सकका अनुसार उनको मानसिक सन्तुलन आंशिक रूपमा गुमीसकेको थियो।


यो समस्या नेपालमा पनि उस्तै छ। आफ्ना बच्चा जतिबेला पनि ग्याजेटमै घोप्टिएर एकोहोरो पब्जी खेलिरहँदा अभिभावकहरू निकै चिन्तित बन्न पुगेका छन् ।यसको तल लागीसकेको अवस्थामा उनीहरू मानसिक तथा शारीरिक रूपमा अस्त ब्यस्त बन्न पुग्दछन् । अध्ययन तथा खेलकुदलाई चटक्कै माया मारेर हरेक समय यसैमा बिताउँदा नकारात्मक परिणामको सिकार बन्नुपर्ने कुरा मनोविदहरू बताउँछन् । अाजको बालक भोलीको एक स्वस्थ्य, शालीन र सभ्य नागरिक बनाउने अभिभावकको उदेश्यमा यो गेम एक चुनौतीको रूपमा खडा भएको उनीहरूको  गुनासो छ।


सरकारले यहि अवस्थालाई मध्यनजर गरेर यो गेमलाई नेपालमा प्रतिबन्ध लगाएको थियो। तर सरकारको उक्त निर्णयको बिरूद्ध सर्वोच्चमा रिट परेपछि सर्वोच्च अदालतले उक्त प्रतिबन्धको निर्णय बदर गर्न सरकारका नाममा आदेश जारी गरेको थियो र यसरी सरकारको सकारात्मक प्रयास असफल हुन पुगेको थियो।


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली