Become a volunteer

Become a Blood Donor

20°C
few clouds

पाँच वर्ष भन्दा मुनि उमेरका एक तिहाई बच्चा कुपोषण वा मोटोपनाबाट पिडित: युनिसेफ


Author : एजेन्सी

१ कात्तिक युनिसेफको एक नयाँ रिपोर्टका अनुसार पाँच वर्ष भन्दा मुनिका प्रत्येक तीन मध्ये एक बच्चा कुपोषण वा ज्यादा वजनको शिकार बन्न पुगेका छन् । यसले विश्वभरी कुपोषित आहारको परिमाण प्रति सर्तक गराएको छ । युनिसेफले सोमबार प्रकाशित गरेको रिर्पोटमा चेतावनी दिईएको थियो, करोडौं बच्चाहरु आफूलाई जरुरत भन्दा कम खाना खान्छन् । र जसलाई जरुरी छैन उसले चाहिने भन्दा बढी मात्रामा खान्छ । रिर्पोटमा बताइएको छ विश्वभरी बिमारी फैलनुको पछाडि मुख्य खतरा खराब आहार रहेको छ । 


युनिसेफका अनुसार, यसमध्ये धेरै बच्चाहरुमा दिमागको अल्प विकास, कमजोर स्मरण शक्ति, कमजोर प्रतिरोधक क्षमता र संक्रमण तथा बिमारीको खतरा देखिएको छ । युनिसेफका कार्यकारी निर्देशक हेनरीटा फोरका अनुसार राम्रो बिकल्प नहुनाले करोडौं बच्चा अस्वस्थ्य भोजनबाट गुजारा गरिरहेका छन् । रिपोर्टमा कुपोषणका तीन कारण बताईएको छस् अल्पपोषण, भोक र अधिक वजन । 


युनिसेफको तथ्याकं अनुसार सन् २०१८ मा विश्वभर पाँच वर्ष भन्दा मुनिका १४.९ करोड बच्चा अविकसित र लगभग पाँच करोड बच्चा कमजोर थिए । आम विचारका विपरित धेरै जसो कमजोर बच्चाहरु आपतकालिन अवस्थाको सामाना गरिरहेका छन् । यो समस्या अन्य देशहरुको तुलनामा एसियामा धेरै देखिएको छ । 


यसका साथै, पाँच वर्ष भन्दा कम उमेरका ३४ करोड बच्चाहरुमा आवश्यक भिटामिन तथा खनिज पदार्थको कमी पाईएको छ र ४ करोड बच्चा अधिक वजन वा मोटोपनबाट पिडित छन् । पछिल्ला केहि वर्षहरुमा मोटोपना बच्चाहरु माझ महामारीको रुपमा फैलिएको छ ।  

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली