Become a volunteer

Become a Blood Donor

19°C
few clouds

पिरो खाएपछि किन हाम्रो नाकबाट पानी बग्ने र कानबाट धुँवा निस्किन्छ ?


Author : नेपाल हेल्थ टाईम्स

१३ पुष पिरो खान मनपराउने वा प्रायः स्ट्रिट फूड मनपराउने व्यक्तिहरुमा यो आम अनुभव हो, सबैलाई थाहा भएको र अनुभव गरेको कुरा हो, धेरै पिरो खाएपछि कानबाट धुँवा निस्किन्छ र नाक बग्ने गर्दछ । कयौं पटक त आँखाबाट आँशु नै पनि आउने गर्छ । जान्नुहोस् किन यस्तो हुन्छ 


खुर्सानी मात्र होइन पिरो मसलाहरुले पनि

पिरो खानामा खुर्सानीका साथै अन्य मसलाहरु पनि समावेश भएका हुन्छन् । यस्तो अवस्थामा जो व्यक्ति यो कुराबाट अन्जान हुन्छन्, उनीहरु चाँडै बगिरहेको नाक र जलिरहेको कानको संवेदनाले व्याकुल हुन्छन् ।


किन यस्तो हुन्छ ?

वास्तवमा, क्यप्सिसन एक रासायनिक कम्पाउन्ड हो, जुन प्रायः जिनिस क्याप्सिकम परिवारसँग सम्बन्धित बोटहरुमा पाइन्छ । यो कम्पाउन्ड हरेक पिरो मसलाहरुमा पाईन्छ । यहि क्यप्सिसन जिभ, कान तथा नाक पोल्नुको कारण बन्दछ । 


क्यप्सिसनको कारणले जलन शुरु हुन्छ र शरीरले यस जलनबाट छुट्कारा पाउनका लागि झगडा गर्दछ । क्यप्सिसनका कारण शरीरमा म्युकस बढ्ने हुन्छ र शरीरले यस म्युकसलाई नाकको माध्यामबाट बहिर निकाल्दछ । जसकारण नाक बग्न शुरु हुन्छ । 


जलनको कारण शरीरको आन्तरिक संयन्त्र सक्रिय हुन्छ र शरीरको अलग अलग अंगहरुमा हुने जलनलाई कम गर्ने कार्य शुरु गर्दछ । यहि कारणले धेरै पिरो खाना खाएपछि हाम्रो मुख रातोपिरो हुने गर्दछ । 


खराब होईन क्यप्सिसन 

मसलायुक्त खाना खाएपछि क्यप्सिसनको कारणले जलन हुने गर्छ तर यो मसला हाम्रो स्वास्थ्यका लागि नराम्रो होइन । यसले हाम्रो मेटाबोलिजमलाई बढाउने काम गर्दछ । यसले आँखा र नाक सफा गर्न मद्दत्त गर्दछ । यस्तो खाना कहिलेकाहीँ शरीरबाट म्युकल अवरोध हटाउन मात्र खानुपर्दछ ।   


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली