Become a volunteer

Become a Blood Donor

16°C
few clouds

पुरुषलाई वजन घटाउन शाकाहारी भोजन


Author : नेपाल हेल्थ टाईम्स

काठमाडौं । ६ साउन, आधुनिक समयमा कतिपय पुरुष वजन बढी भएर पनि हैरान हुने गरेका छन् । यसको सम्बन्ध तपाई हाम्रो खानासँग पनि जोडिएको हुनसक्छ । तर, तपाईलाई थाहा छैन होला मांसाहारी भोजन त्यागेर शाकाहारी भोजन गरेमा पुरुषको वजन घट्न सक्छ् ।  यदी तपाई पातलो हुन चाहनुहुन्छ भने साग सब्जी तथा फलपूmल खानुहोस् । हरियो सब्जी तथा फलको सेवनले पुरुषमा मोटोपना बढ्दैन । एक नयाँ शोधले यो विषयको खुलासा गरेको हो । यो शोधले भनेका छ कि शाकाहारी भोजन गर्ने पुरुष मोटोपनाको समस्याबाट प्रभावित हुदैनन् ।


शोधमा भनिएको छ कि शाकाहारी खानाले केबल मुटुसँग सम्बन्धित बिमारीको रोकथाम हुने मात्रै होइन कि क्यान्सर, मधुमेह तथा मोटोपनाको समस्याबाट पनि मुक्ति मिल्छ । जो मानिस शाकाहारी खाना खान्छन् उनीहरुलाई टाइप–२ डायबिटिज  हुदैन र उनीहरुको वजन पनि कम हुन जान्छ । यो शोध जामा इन्टरनल मेडिसिनमा प्रकाशित भएको हो । शोधमा भनिएको छ कि शाकाहारी खाना महिलाको तुलनामा पुरुषका लागि धेरै लाभदायक  हुन्छ । यदी पुरुष हरियो सब्जी तथा सब्जीमा आधारित भोजन लिन्छन् भने उनीहरुको वीर्य पनि बढ्न जान्छ ।


यसै किसिमको शोध प्लोस मेडिसिनमा पनि प्रकाशित भएको छ । फलफूल तथा सब्जी खानाले ब्लड सुगरको मात्रामा पनि नियन्त्रण हुन जान्छ । फलफूल तथा हरियो सब्जी खानाले पटक–पटक भोक पनि लाग्दैन र वजन कम हुन जान्छ ।


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली