Become a volunteer

Become a Blood Donor

20°C
few clouds

पुरुषलाई पनि हुने गर्छ स्तन क्यान्सर, मोटोपना तथा धुम्रपान मुख्य कारक


Author : नेपाल हेल्थ टाईम्स

३० असोज स्तन क्यान्सर भन्ने बित्तिकै लाग्छ कि यो एक महिलाहरुमा देखा पर्ने रोग हो । तर के तपाईले पुरुषलाई पनि स्तन क्यान्सर भएको सुन्नु भएको छ ? यस प्रश्नले कतिलाई आश्चर्य चकित बनायो होला । यसको उदाहरण चर्चित अमेरिकी गायिका बियोन्सेका पिता माइकल नोअल्स हुन् । जसलाई ब्रेस्ट क्यान्सर देखिएको थियो र उनले शल्यक्रिया पनि गराएका थिए । हजारौं पुरुषहरु मध्ये १ लाई स्तन क्यान्सर हुने गर्छ र त्यो एक व्यक्ति तपाईं हामी मध्ये जो कोहि पनि हुनसक्छ । 



ब्रेस्ट क्यान्सर जगरुकता महिना हो अक्टोबर 

अक्टोबर महिनालाई स्तन क्यान्सर जागरुकता महिनाका रुपमा लिने गरिन्छ । स्तन क्यान्सरबाट महिलाहरु मात्र नभई पुरुष पनि जागरुक हुन जरुरी छ । एक अन्कोलोजी चिकित्सकका अनुसार महिला तथा पुरुषमा ब्रेस्ट टिस्यू एकै हु्न्छ ।


प्युबर्टी आउँदा पुरुषहरुमा एस्ट्रोजन हर्मोनको मात्रा र टेस्टोस्टेरनको मात्रा अधिक हुने गर्छ । त्यसैले पुरुषहरुमा स्तन विकास हुदैन । तर स्तन तन्तु भने रहन्छ र स्तन क्यान्सरको जोखिम पनि रहन्छ ।


 


पुरुषले पनि स्तन क्यान्सरका लक्षणहरुलाई ध्यानदिनुहोस् 

स्तन क्यान्सरको लक्षण महिला, पुरुष दुवैमा एकै जस्तो हुन्छ । तर प्रायः पुरुषहरु यस लक्षणहरुलाई बेवास्ता गर्ने गर्छन् । किनभने उनीहरुलाई लाग्दछ स्तन क्यान्सर महिलाहरुलाई मात्र हुन्छ । 



- चेस्ट अथवा काखीमा गोठों अथवा सुन्नेको जस्तो हुनु 

- निप्पलमा कुनै प्रकारको डिस्चार्ज 

- ब्रेस्टको कुनै भाग बढेको जस्तो हुनु 




एक दशकमा पुरुष स्तन क्यान्सरका २० केसस्

एशियन क्यान्सर इन्स्टिटयुटमा ब्रेस्ट क्यान्सर डिपार्टमेन्ट प्रमुख डा.सन्जय शर्मा बताउछँन उनले पछिल्लो एक दशकमा ब्रेस्ट क्यान्सरको हजारौं केसहरु मध्ये २० केस पुरुष स्तन क्यान्सरको रहेको थियो । डा.सन्जय भन्छन् पुरुषहरुमा पनि ब्रेस्ट क्यान्सर हुनसक्छ भन्ने कुरालाई महत्व दिदैनन् र बिरामीले यस लक्षणहरुलाई बेवास्ता गरिदिन्छन् । 




पुरुषहरुका लागि यी हुन् जोखिम कारकहरु

दुनियाभरी हुने स्तन क्यान्सरका केसहरु मध्ये १ प्रतिशत मात्र पुरुषहरुका केस हुने गर्छ । दुनियाभरीका केसहरुमा पुरुषमा देखिने स्तन क्यान्सर ६० देखि ७० बर्षको उमेरका लाई बढी देखिएको छ । पुरुषहरुमा स्तन क्यान्सरको जोखिम देखिनुको मुख्य कारक मोटोपना, गलत खानपान, व्यायाम नर्गनु, धुम्रपान र मध्यपान जस्ता चिजहरु पर्दछन् । यस्ता पुरुष जसलाई गाइनेकोमास्टिया अथवा ब्रेस्ट टिस्यू सुन्निने अथवा बढ्ने समस्या देखिन्छ उनिहरुमा ब्रेस्ट क्यान्सर हुने खतरा ज्यादा हुन्छ । 



टेस्ट तथा ट्रिटमेन्ट

ब्रेस्ट क्यान्सरको जाँच गर्नको लागि मेमोग्राम, अल्ट्रासाउन्ड तथा लोकल एनेस्थेसियाको मद्दत्तले हुने अटोमेटेड बायोप्सी समावेश हुन्छ । टिस्यू परिक्षण बिमारीको स्टेज पत्ता लगाउनका लागि गरिन्छ । उपचारको कुरा गर्नुपर्दा क्यान्सरको स्टेज र बिरामीको स्थितिको आधारमा सर्जरी, किमोथेरापी तथा रेडिएसन दिइन्छ । शल्यक्रिया पछि हर्मोनल ड्रग्स दिइन्छ । महिलाको तुलनामा पुरुषको शल्यक्रिया छिटो हुन्छ र छिटै रिकभर पनि हुन्छ ।           


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली