Become a volunteer

Become a Blood Donor

19°C
few clouds

पृथ्वी भन्दा तीस लाख गुणा ठूलो छ ब्ल्याक होल


Author : नेपाल हेल्थ टाईम्स

जेठ २९ अन्तरिक्षका वैज्ञानिकहरुले ब्ल्याक होल अर्थात कालो छिद्रको पहिलो तस्विर हालसालै सार्वजानिक गरेका छन् । यो आकाश गंगामा लगभग ४००० करोडमा फैलिएको र आकारमा पुथ्वी भन्दा ३० लाख गुणा ठूलो छ । यो तस्विर इभेन्ट होरिजन नामको टेलिस्कोपले लिएको हो । जुन ८ टेलिस्कोपहरुको एउटा नेटवर्क हो । यस परियोजनमा सहभागी वैज्ञानिक प्राध्यापक हेनियो फेल्केका अनुसार यो ब्ल्याक होल ( कालो छिद्र) एम ८७ आकाश गंगामा अवस्थित छ । यो हाम्रो सौर्य मण्डल (सोलार सिस्टम) भन्दा पनि ठूलो हुनुका साथै यसको वजन सूर्य भन्दा ६५० करोड गुणा भन्दा पनि बढि छ ।

यो ब्रम्हाण्डमा भएको सबैभन्दा ठूलो ब्ल्याक होल (कलो छिद्र) हो । माथिको तस्विरमा ब्याल्क होलको चारैतिर आगोको एउटा गोला देख्न सकिन्छ । प्राध्यापक फेल्के यसको बारेमा भन्छन्,“यो अत्यन्त तातो ग्याँस हो जुन ब्ल्याक होल भित्र खस्छ ।” ब्रम्हाण्डको करोडौँ ताराहरु मिसाएर जति उज्यालो हुन्छ यो ब्ल्याक होल त्यो भन्दा पनि धेरै चमकदार हुन्छ । त्यसैले यति टाढा हुँदा पनि यसलाई टेलिस्कोपबाट देख्न सम्भव भएको हो । यो तस्विर विज्ञानले बिगतमा गरेको परिभाषाहरु तथा कतिपय हलिउड चलचित्रहरुमा ब्ल्याक होलको बारेमा गरिएको परिकल्पनासंग ठ्याक्कै मेल खान्छ ।

युनिभर्सिटी कलेज लण्डनका प्राध्यापक डाक्टर जिरी यान्सीले भने,“ब्ल्याक होलले अन्तरिक्ष र प्रकृतिसंग जोडिएको कयौ जटिल प्रश्नहरु उब्जाईदिएको छ । यसका साथै ब्ल्याक होल हाम्रो  अस्थित्वसंग जोडिएको मुद्दा हो । यो राम्रो कुरा हो कि ब्ल्याकहोल हाम्रा परिभाषामा जस्तो थियो आज त्यस्तै फेला परेको छ । फेरि पनि एकपटक यस्तो लाग्छ कि आइन्स्टाईन सही थिए ।”

के हो ब्ल्याक होल ?

ब्ल्याक होल अन्तरिक्षको यस्तो हिस्सा हो । जसको नजिकैबाट कुनै पनि गतिशिल बस्तु जान सक्दैन । यति सम्म कि प्रकास समेत यसमा पुगेपछि गायब हुन्छ । नामको विपरित यसमा कुनैपनि ठाउँ खाली हुदैन । यसमा विभिन्न किसिमका पदार्थहरु हुन्छन् । जसले पुरै क्षेत्रफललाई नै अत्यधिक गुरुत्व बल प्रदान गर्ने गर्दछ । ब्ल्याक होल भन्दा अगाडिको एउटा क्षेत्रलाई इभेन्ट होरिजेन्टल भनिन्छ । यो होरिजेन्टलबाट अगाडि जाने कुनैपनि बस्तु फिर्ता आउँदैन । ब्ल्याक होलको तस्विर लिन सफल भईन्छ भनेर विगतमा कसैले पनि सोचेका थिएन्न होला ।

तर, प्राध्यापक फेल्के यस्तो महसुस गर्ने पहिलो व्यक्ति थिए । उनलाई लाग्थ्यो कि ब्ल्याक होलको चारैतिर एकप्रकारको रेडियो उत्पन्न हुन्छ जुन यति प्रवल हुन्छ कि यसलाई दुरबीनको माध्यमबाट हेर्न सकिन्छ । सन् १९७३ मा एउटा पत्रिकामा ब्ल्याक होल आफनो आकारमा भन्दा अढाई गुणा ठुलो देखिन्छ भनेर पढेको कुरा उनी अझै पनि सम्झन्छन् । यसको २० वर्षपछि फेल्केले युरोपेली रिसर्च काउन्शीलबाट यस परियोजनाको लागि सहयोग कोष प्राप्त गरेका थिए ।

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली