९ पुष दुध क्याल्सियमको एक उत्कृष्ट स्रोत हो । दुधमा क्याल्सियमका साथै क्यारोरिज, प्रोटिन, भिटामिन डि पर्याप्त मात्रामा पाईन्छ । दुधमा पोषण तत्व पाईन्छ भने फाटेको दुधको रसमा पनि पोषणयुक्त तत्व प्रशस्त मात्रामा पाईने गर्दछ ।
फाटेको दुधबाट प्रायः पनिर बनाइने गरिन्छ र त्यसबाट निस्केको रसलाई फाल्ने गरिन्छ तर उक्त रसमा अधिक मात्रामा पोषण तत्व पाईन्छ । उक्त पानीले मांशपेशीलाई बढाउने गर्दछ । यसबाहेक, यसले हृदय सम्बन्धि रोग, पेट सम्बन्धि रोग देखि मोटापनको समस्यालाई कम गर्न मद्दत्त गर्दछ ।
फाटेको दुधको पानीलाई प्रयोग गरौं यसरी
१.आटामा प्रयोग गर्ने
आटा मुस्न साधारण पानीको सट्टा फाटेको दुधको पानीको प्रयोग गर्न सकिन्छ । उक्त पानीले आटालाई नरम बनाउनुका साथै पोष्ट बनाउँछ । त्यसैले यसलाई फाल्नुको सट्टा आटा मुस्न प्रयोग गर्न सकिन्छ ।
२.तरकारीमा गेभ्री बनाउन
शाकाहारीको लागि साधा पानी भन्दा उक्त पानीको प्रयोग गर्न सक्नुहुनेछ । जसले तरकारीलाई स्वादिष्ट बनाउँनुका साथै स्वास्थ्यलाई पनि लाभ मिल्दछ ।
३.यसरी प्रयोग गर्न पनि सकिन्छ
फाटेको दुधको पानीलाई पास्ता वा चामल बनाउँदा प्रयोग गर्ने र उक्त पानीको सुप बनाउँन सकिन्छ ।
४.छालामा प्रयोजन
नुहाउने पानीमा फाटेको दुधको पानीलाई मिसाउने जसले छालालाई नरम राख्छ र स्वस्थ्य राख्न मद्दत गर्दछ ।
५.कन्डिशनरको रुपमा प्रयोजन
स्याम्पुको लगाएपछि फाटेको दुधको पानीले कपाल धुने र १० मिनेटको लागि छोड्दिने र पखाल्ने । केहि दिनपछि यसको प्रभाव देख्न सक्नुहुनेछ ।
सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६
सम्पादक : रविन पराजुली
प्रकाशक : सुजन पराजुली