Become a volunteer

Become a Blood Donor

9°C
mist

फेसबुकबाट रोग पत्ता लगाउन सकिने


Author : नेपाल हेल्थ टाईम्स

११ पुष सामाजिक संजाल फेसबुकबाट मानसिक स्वास्थ्यको रोग सजिलैसंग थाहा पाउन सकिन्छ । यो सुनेर अच्चममा पर्नु भयो होला तर यो साचो हो कि फेसबुकको मध्यमबाट रोग पत्ता लगाउन सक्नुहुनेछ ।

वैज्ञानिकका अनुसार, फेसबुक प्रयोगकर्ताले गरेका पोष्टले शारीरीक लक्षण देख्न सकिन्छ । अमेरिकाको पेसिल्वेनिया र स्टोनी बु्रक युनिभर्सिटीको सोधकर्ताका अनुसार, स्वचालित डाटाको लागि १००० जना बिरामीहरुको फेसबुक पोष्टको अध्ययन गरिएको थियो ।

वैज्ञानिकद्वारा बिरामीहरुको इलेक्ट्रोनिक मेडिकल रेकर्डको डाटा र प्रोफाइल लिङ्क अनुमति  लिएर अनुसन्धान गरिएको थियो । त्यसैगरी सोधकर्ताहरुले विश्लेषणको लागि ३ वटा मोडल बनाएका  थिए । पहिलो मोडलमा प्रयोगकर्ताको फेसबुक पोष्टको भाषा र दोस्रोमा उमेर, लिङ्ग भने तेस्रोमा दुवै मोडलको विश्लेषण गरिएको थियो ।

 

सोधकर्ताले फेसबुक पोस्टको माध्यमबाट बिरामीको शारीरिक लक्षणका बारेमा पत्ता लगाएका थिए । जसका लागि २१ अलग–अलग परिस्थितीको भविष्यवाणी गरिएका थियो । यो भविष्यवाणी बिरामीको भाषाको आधारमा गरिएको थियो । 


फेसबुकमा हामी आफ्नो व्यक्तिगत सूचना पोष्ट गर्ने गर्दछौं । यहि कारणले व्यक्तिको भित्री कुरा सजिलैसंग थाहा पाउन सकिन्छ । यहि विधिद्वारा वैज्ञानिकहरुले यो कुरा पत्ता लगाएका थिए । हामी के महशुस गरिरहेका छौ र हाम्रो जीवनशैली कस्तो गतिमा चलिरहेको छ । सबै कुरा हामी फेसबुकमा पोष्ट गर्दछौ । त्यसैगरी बिरामी भएको कुरा समेत फेसबुकमा पोष्ट गर्दछौ । त्यसैलाई आधार मानेर सोधकर्ताले फेसबुकको डाटा अनुसार बिरामीको विश्लेषण गर्दा मधुमेह तथा मानसिक रोगको शिकार भएको यहि माध्यामबाट थाहा पाएका  थिए । 


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली