Become a volunteer

Become a Blood Donor

9°C
few clouds

बच्चालाई चिसोबाट जोगाउन अपनाउनुहोस् यी उपाय


Author : एजेन्सी

२६ मंसिर जोडो मौषममा अविभावकलाई यो कुराको चिन्ता रहन्छ कि आफ्नो बच्चालाई कसरी न्यानो बनाएर राख्ने ? यसको लागि आमाबुवाले के–के तरिका मात्र अपनाउदैनन्, कुनै तरिकाले काम गर्छ कुनैले गर्दैन । हामी तपाईंलाई केहि यस्तो तरिका बताउछौं जसबाट बच्चालाई दिनभरी न्यानो राख्न मद्दत्त गर्छ । 



पातलो तहमा लुगा लगाइदिने 

बच्चाहरुलाई मोटो ज्याकेट लगाइदिनु भन्दा उनीहरुलाई तह तहमा कपडा लगाइदिनुहोस् । यस समयमा ध्यान दिनुहोस् उनीहरुलाई मोटो कपडाले उनहरुलाई हिड्न असहज महसुश भएको त छैन् ? त्यसैले उनीहरुलाई पातलो तर न्यानो कपडाहरु लगाइदिनुहोस् ।  



खेल्ने समयमा 

जोडो छ भन्दैमा बच्चाहरुलाई घर भित्र मात्रै राख्नु समस्याको समाधान होइन । उनीहरुलाई बाहिर खेल्न लैजानुहोस् । जसले बच्चाको शरीर तातो बनाउँछ । शरीरको तापक्रम सँगै शक्ति पनि पैदा गर्दछ । खेल्ने समयमा धेरै मोटो ज्याकेट नलगाइदिनुहोस् । मोटो ज्याकेटले खेलकुदको दौरान धेरै पसिना आउनुका साथै चिसो हावाँले शरीरको तापक्रम कम हुन्छ र बिरामी पर्ने सम्भावना बढाउँछ । 



नरम तथा हलुका ब्ल्यांकेट

बच्चालाई सुत्ने समयमा धेरै भारी ब्ल्यांकेट नओढाउनुहोस् । भारी ब्ल्यांकेटका कारण राम्रोसँग निद्रा नपर्न सक्छ । यसल बच्चाको छातीमा दबाब महसुश गराउँछ र स्वाँस फेर्न समस्या उत्पन्न गराउँछ । ब्ल्यांकेट भारी नभए पनि न्यानो हुन भने जरुरी छ । 

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली