Become a volunteer

Become a Blood Donor

18°C
few clouds

बाल्यकाल गरिबीमा बिताएका यी ५ फूटबल स्टार


Author : नेपाल हेल्थ टाईम्स

काठमाडौं । जेठ २९

हाल विश्व फूटबलको दुनियाँमा तहल्का मच्चाउन र धनी फूटबल खेलाडीको रुपमा चिनिएका कतिपय खेलाडीहरुको बाल्यकाल सुखद थिएन । उनीहरु गरिब परिवारमा जन्मिएका थिए । तर आफ्नो कला कौशल र क्षमताले हाल विश्व फूटबलको दुनियाँमा तहल्का मच्चाउन सफल  हुदै आएका छन् । यहाँ यस्तै हालका लागि चर्चाको शिखरमा रहेका तर बाल्यकाल गरिबीमा बिताएका केही फूटबल खेलाडीको चर्चा गरिएको छ ।

 

१. लुइस् स्वारेज


३२ बर्षे लुइस् आफ्नो जीवनको पहिलो वर्षमै उरुग्वेको सल्टोका सडकमा खाली खुट्टा बिताउन बाध्य भएका थिए । बेरोजगारीका कारण उनका पिता र ६ भाई बहिनी सहित राजधानी मन्टिभिडियो पुगे । उनको गरिबी यति सम्म थियो कि  बार्सिलोनाका स्ट्राइकर स्वारेजलाई उनका परिवारले  खेल्नका लागि जुत्ता किनिदिन समेत असमर्थ हुन्थे । जब उनी १२ वर्षका भए, उनका बुवाले परिवार छाडेर गए । उनले क्लब नेसनलका प्रारम्भिक दिनहरुमा ध्यान केन्द्रित गर्न उग्र भिडमा संघर्ष गरिराख्नु पर्यो र सन् २००३ मा युवा खेलाडीका रूपमा सुरुवात गरे ।  सन् २००५ मा सिनियर टिमबाट खेल्ने अवसर पाए । उनले २७ खेलमा १० गोल गरेका थिए ।

 

२ एलेक्सिस् सान्चेज


सन् १९८८ डिसेम्बर १८ मा उनको जन्म भएको थियो । उक्त समयमा उनका पिता जागिरको खोजिमा भौतारिएका थिए भने उनकी आमाको सानो व्यवसाय थियो । उनीहरुको रोजिरोटी आमाकै सानो व्यवसायले धानेको थियो । लामो समयसम्मको बेरोजगारीले उनका पिता थाकिसकेका थिए र केही महिना पश्चात छोडेर गए । उनलाई उनकी आमा मार्टिना सान्चेजले नै हुर्काइन् । ५ जनाको परिवार हुर्काउन मार्टिनालाई लामो समयसम्म काम गर्नुपर्थ्यो । यति गर्दा पनि उनीहरुलाई खान लाउन मुस्किल नै थियो । एलेक्सिसको फुटबलप्रतिको लगावले एकेडेमी जान त पाए तर शुल्क भने आफै तिर्नु पर्ने भएकोले उनी अनेक काम गरेर शुल्क बुझाउथे । उनी सडकमा अजिबका कला एक्रोब्याट्स देखाउने गर्थे । यति गर्दा पनि हातमुख जोड्न गाह्रो भएकाले एक समय त उनले मागेरै खानु पर्ने स्थिति सिर्जना भयो । त्यो कठिन परिस्थितिमा क्लबका निर्देशक लुइस् अस्टोर्गा भगवान भएर अगाडि आए । उनले एलेक्सिस्लाई आफ्नो क्लब कोब्लेरोवा फुट्बल क्लबमा भर्ती गरिदिए । जसले उनको जीवनमा महत्वपूर्ण मोड लियो । लुइसको दयाको भवनाले एलेक्सिस्लाई कडा मेहिनत गरेर खेल्न प्ररित ग¥यो जसले  उनलाई निरास हुन परेन। उनी १६ वर्षको उमेरमा सन् २००५मा कोब्लेरोवाको सिनियर टोलिमा बढुवा भए । उनले त्यस सिजन ४७ खेलमा १२ गोल गरेका थिए । उनी जब २०११ मा बर्सिलोना आए,  त्यहाँ उनले ८८ खेलमा गोल गरेका थिए । त्यस्तै २०१४ मा बर्सिलोनाबाट आर्सनल पुगेका सान्चेजले १२२ खेलमा ६० गोल गरेका छन् । २०१८ देखि हालसम्म उनी म्यान्चेस्टर युनाईटेडमा आबद्ध छन् ।

 

३. ज्लाटान इब्राहिमोभिच्


ज्लाटान स्वीडेनको रोसेनगार्डमा हुर्केका थिए । सन् १९८१ अक्टोबर ३ मा जन्मेका ज्लाटानको परिवारलाई आवश्यकता पुरा गर्न निकै कठिन थियो । उनी २ वर्षको हुँदा उनको मातापिताको सम्बन्ध विच्छेद भएको थियो । तथापि, उनको परिवारले उनलाई राम्रो स्याहार गर्न भने सक्षम भए । ज्लाटानले ६ वर्षको उमेरमा फूटबल खेल्न सुरु गरे । उनले जन्मदिनको उपहार स्वरुप फूटबल बुट पाए । ८० को दशकतिर जब उनी हुर्कदै थिए, उनले राष्ट्रिय टोलीबाट खेल्ने सपनाको साथ आफूलाई शारीरिक तथा मानसिक रुपले तयार पर्दै गए । स्कुलमा उनलाई धम्काएर चोरीमा पनि सामेल गरिन्थ्यो जुन उनले पछि कबुल पनि गरे र भने,“ साईकलप्रतिको पागलपनले गर्दा मौका मिलेको बेला चोरी गर्ने गरेको थिएँ ।” ज्लाटानले बाल्यकालमै माल्मो बि आइ र एफबिके बाल्कनको लागिखेल्ने गर्थे । किशोर अवश्थामा भने उनले स्थानिय क्लब माल्मा एफएफ को लागि खेल्ने गर्थे । तथापि, उनको खेल जति राम्रो थियो, त्यति उनको कमाई भने थिएन । १५ वर्षको हुँदा पर्याप्त कमाई नभएका कारण उनले खेल त्यग्ने बिचार गरे र रोजिरोटीका लागि काम गर्न सुरु गरे । उनको प्रबन्धकले उनलाई अगाडि बढ्नका लागि प्रोत्साहित गरे र बाँकि त  इतिहास नै साक्षी छ ।

उनी च्याम्पियन्स लीगमा सर्वाधिक गोल गर्ने खेलाडीहरु मध्ये शीर्ष ९ मा पर्छन् । उनले च्याम्पियन्स लीगको १२० खेलमा ४८ गोल गरेका छन् ।

 

४. जेमी भार्डी


रिचार्ड गिल र लिजाभार्डिका सुपुत्रका रुपमा १९८७ जनवरी ११ मा बेलायत को शेफिल्डमा  जेमिको जन्म भएको थियो । लेस्टर सिटिका भरपर्दो स्ट्राईकर भार्डि निम्न मध्यम वर्गीय परिवारमा हुर्किएका हुन् । उनका पिता गिल एक ड्राइभर र माता कानुनी सचिवका रुपमा कार्यरत थिए । भार्डि पढाई प्रति खासै रुचि राख्दैन थिए । उनी धेरैजसो समय फूटबल खेलेरै बिताउने गर्थे । जब उनी १६ वर्षका भए, उनी स्थानिय क्लबबाट खेल्न चाहन्थे । उनी उक्त स्थानिय टोली शेफिल्ड वेडनस्डे को  हिस्सा बन्न चाहन्थे । तर पर्याप्त नभएकोले उनलाई क्लबले अस्विकार गर्यो । त्यसको केही समय पछि भार्डिको मन फेरियो र उनले आफ्नो फूटबलर बन्ने सपना त्याग्ने बिचार सम्म गरेका थिए । यस बाहेक आमाबुवासँग हुने बिबादले उनलाई घरबाट बाहिर बस्न बाध्य बनायो । त्यसपछि उनले अजिबका कामहरु गर्न थाले र जब फुर्सद मिल्थ्यो उनी फूटबल अभ्यास गर्ने गर्थे । उनको कडा मेहिनतका कारण स्टक ब्रिजपार्कमा मौका पाए । उनले हप्तामा ३० पाउन्ड भन्दा पनि कम पाए  तापनि उनलाई टिममा पर्नु बढि गर्व लग्यो । कुशल प्रशिक्षणको कारण उनको खेलमा क्रमिक सुधार आउदै गयो । ३ वर्षमा ६६ गोल गर्न सफल भए । उनको चमत्कारी प्रदर्शनले ठूला टिमलाई ध्यानाकर्षण गराउन सफल भयो  । उनले २०१० मा एफसि ह्यलिफ्यक्स टाउनबाट ३७ खेलमा २६ गोल गरेका थिए ।

२०१६ मा लेस्टर सिटिले प्रिमियर लिगको उपाधि जित्दा भार्डिले २४ गोल गर्दै दोस्रो सर्बाधिक गोलकर्ता भएका थिए ।

 

५. सर्जियो अग्वेरो


सन् १९८८ जुन १२,अर्जेन्टिनाको  ब्युनस आयर्समा जन्मेका अग्वेरो पिता लियोनल तथा माता एड्रियानाका दोश्रो सन्तान हुन् । उनका पिता ट्याक्सी चलाउथे भने आमा घर गृहिणी थिइन् । अग्वेरोको पालन–पोषण एक ठूलो परिवारमा भएको थियो । उनका आमा बुवा किशोर अवस्थामा हुँदा नै उनी एड्रियानाको गर्भमा थिए । ६ सन्तान सहितको परिवारको आर्थिक स्थिति निकै कमोजोर थियो । उनी गर्भमा रहदा देखि नै धेरै कठिनाई झेल्न पर्यो । उनको जन्म पश्चात पनि केही परिवर्तन आएन र बाच्न तथा पालन  पोषणका लागि संघर्ष गरिरहनु पर्यो । जब सर्जियो २ बर्षका भए उनीहरु फ्लोरेन्सियो भेरेलामा बसाईसराइ गरे । सर्जियोका पिताले पनि आफ्नो युवा अवस्थामा फुटबल खेल्ने गर्थे तर पेशागत रुपमा खेल्न भने चाहेनन् । खेल प्रति उनको लगाव उत्तिकै थियो र अग्वेरोलाई प्रभवित गरिदिए । चाडै नै पिता लियोनलले आफ्नो छोरालाई प्रशिक्षण गर्ने जिम्मा उठाए । किनभने उनी आर्थिक संकटका कारण आफ्नो छोरालाई प्रशिक्षण केन्द्रमा भर्ति गर्न असक्षम थिए ।

सैभाग्यबस, अर्जेन्टिनामा फुटबलको पुर्वाधार  निकै बलियो र स्वतन्त्र थियो । एक युवा प्रणाली जसले युवा प्रतिभालाई प्रोत्साहन गर्थ्यो । अग्वेरोले जुनियर डिभिजनबाट तब सम्म खेल्नु पर्यो, जब सम्म २००३ मा क्लब एथ्लेटिको सँग खेल डेब्यु गर्ने अनुमति पाएनन् ।

 

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली