Become a volunteer

Become a Blood Donor

19°C
few clouds

बिस वर्षे नेपाली विद्यार्थीले बनाएको एप, विदेशी चिकित्सा विद्यार्थी बढी आकर्षित


Author : मनिस प्रसाई

काठमाडौं १ कात्तिक चितवन मेडिकल कलेज वर्तमान परिप्रेक्षमा निकै चर्चित नाम हो । केहि समय यता सरकारले तोकेको भन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले आन्दोलन गरे । धरै दिन पठनपाठन ठप्प भयो । एकातिर विद्यार्थी अडान लिएर आन्दोलनमा लागिपरे त अर्को तर्फ कलेज संचालकहरु शुल्कमा पुनरावलोकन नभएसम्म कलेज भर्ना नलिने भनेर घुर्काएर बस्न थाले । यसै बिचमा हाम्रो भेट सन्तोष रिजाल संग भयो । सन्तोष चितवन मेडिकल कलेजमा एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत छन । मिठो बोली मिजास, सरल, शुशील र गम्भिर स्वभावका सन्तोषसंग एकैछिन कुरा गर्दै जाँदा हामीले थाहा पायौं सन्तोष एक मेडिकल विद्यार्थीमात्र नभई उनी एक स्वास्थ्य संग सरेकार राख्ने कुशल डेभलपर पनि रहेछन् । रिजालले समस्त चिकित्सा क्षेत्रका विद्यार्थीका लागि एउटा कोसेली स्वरुप मेडिकोस पिडिएफ नामक एप तयार गरेका छन् । एप सम्पूर्ण  मेडिकल विद्यार्थीका लागि अत्यन्त उपयोगी हुने रिजालले बताए । सबै विकशित मुलुकहरुको स्वास्थ्य प्रणाली, स्वास्थ्य स्थिती देखेर अनी आफ्नो देशमा केहि नदेखेर, सबै देशको स्वास्थ्य प्रणाली प्रविधियुक्त छन् भन्ने बुझेका  रिजालले हाम्रो देशमा पनि चिकित्सा क्षेत्रलाई प्रविधिसंग जोड्ने विचारधारा बोकेर यस एपको विकास गरेका छन् ।  


 

कसरी आयो यस्तो सोच ? 

मेडिकल पढ्नका लागि कोर्स बुक भन्दा धेरै रिफरेन्स बुक चाहिन्छ । र सबै किनेर पढ्न सम्भव हुदैन । कति त पाउनै पनि मुस्किल पर्छ । अनलाइन डाउनलोड गर्न पनि झन्झटिलो । यस्को विकल्प सोच्न तिर लागे । यस्तै सोच्ने क्रम जारी नै रह्यो । एक दिन आइडिया फुर्यो । एउटा यस्तो एपको कल्पना गरे जसमा सबै किताब पाइयोस् । चिकित्सा शिक्षा पढ्ने सबैका लागि एक सहज लाइब्रेरीको कल्पना गरे । कल्पनालाई साकार पार्नका निम्ति प्रोग्रामिङ सिक्न पर्ने भयो । एक चिकित्सा विद्यार्थीका लागि फुर्सदको समय निकाल्न कठिन हुने गर्छ । कलेज, अध्ययन अनि केहि समय त रिफ्रेस हुनका लागि पनि त चाहियो । तर ती सपनालाई मुर्त रुप दिनका लागि समय दिन जरुरी हुन्छ । फेरी यसका लागि पढाई बरबाद पार्न पनि भएन । 


पैसा खर्चेर गर्न पनि एक सामान्य परिवारको व्यक्ति त्यसमाथि पनि विद्यार्थीका लागि कठिन कुरा नै भयो । फेरी समय संगै त्यसमा प्रशस्तै अपडेट दिन जरुरी हुन्छ । त्यसका लागि निकै पैसा लाग्ने त्यो पनि पटक–पटक, त्यो बाटो सम्भव नभए पछि मैले आफै कोडिङ सिक्न शुरु गरे । फुर्सदका समयमा साथीभाईहरु घुम्न जन्थें र म कोठाका चार भित्तालाई आफ्नो संसार मानेर यसैमा मनोरञ्जन लिन्थे । मैले दिनचर्यालाई परिवर्तन गर्दै गएँ । दिउँसोको कलेज र बेलुका पढाई सकेर यसका लागि काम गर्न शुरु गरे । रातको १, २ बजेको पनि चाल पाउन छाडें । यसरी नै लगभग ३ महिना बित्यो र मेरो सपना पुरा भयो ।



सायद मैले फुर्सदमा घुम्न निस्केको भए आज यो २ महिनाको अन्तरालमा दश हजार भन्दा माथी डाउनलोड हुने थिएन होला भन्दै खुशी व्यक्त गरे । उनी भन्छन् मेरो मुख्य उदेश्य नै मेडिकल र टेक्नोलोजीलाई जोडेर पुरा  नेपाललाई विश्व सामु चिनाउने प्रयासमा हिडेको छु । सानो उमेर ठूलो सोच राख्ने सन्तोषले आफ्नो सफलताको एउटा ठूलो पाईला चालिसकेका छन् । सबै चिकित्सा विज्ञान अध्ययनरत विद्यार्थीका लागि हुने सबै किताब सरल र सहज रुपमा एकै क्लिकमा डाउनलोड गर्न र पढ्न सकिने एप नेपालमा मात्र नभएर बिदेश र बिदेशी विद्यार्थीले समेत खाजी खाजी डाउनलोड गरिरहेका छन् । 



मेडिकोस पिडिएफका विशेषताहरु के–के हुन ?

- यसमा पछिल्लो संस्करणका किताबहरुको सूची समावेश गरिएको छ । 

- प्रयोगकर्ताको सहजतालाई मध्यनजर गर्दै यसलाई जो कोहिले सजिलै प्रयोग गर्न सक्ने छन् । 

- प्रयोगकर्ताको जिज्ञासा र प्रतिक्रियामा केन्द्रित भएर उत्तरदायी प्रतिक्रिया प्रणाली समावेश गरिएको छ । 

- किताबको रिभ्यू र रेटिङ थाहा पाउन सकिन्छ जसको मद्दत्तले विद्यार्थीहरुलाई  किताब छनेट गर्न सहज हुन्छ ।


क–कसले उपयोग गर्न सक्छन् ? 

- फार्मेसी

- नर्सिङ

- पब्लिक हेल्थ

- माइक्रोबाएलोजी

- डेन्टल

- एमबिबिएस

- रेडियोलोजी

- प्याथोलोजी

- ल्याब

- ओप्थामोलोजी

- फिजियोथेरापी

- सोसियोलोजी 

- फोरेन्सिक


कसरी संकलन गरियो त किताबहरु ?

जब मैले यस एपको बारेमा सोचें, पहिले त हामीले आफूसंग भएका किताब नै प्रयोग गर्यौ । र पछि अन्य किताबहरु संकलनका लागि सहपाठी अंकित श्रेष्ठ र विवेक क्षेत्रीले सहयोग पुर्याउनु भयो । यस एप बनाउनका लागि अर्जुन क्षेत्रीको पनि ठूलो योगदान रहेको छ । अब छिटै मेडिकल विद्यार्थीका लागि केहि अन्य सामाग्रीको तयारीमा रहेको छु ।     





सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली