Become a volunteer

Become a Blood Donor

19°C
few clouds

भुजंगासन (कोब्रा पोज)द्वारा टिबीबाट पाउन सकिन्छ छुट्कारा, जान्नुहोस् स्टेप्स र फाईदा


Author : नेपाल हेल्थ टाईम्स

 ७ कात्तिक टिबीको नाम सुन्दा नै खतरनाक परिणामको डर उत्पन्न हुन्छ । तर के तपाईंलाई थाहा छ, यसले तपाईंलाई यस गम्भीर रोगबाट बचाउन सक्छ । यस विषयमा हालै एक अध्ययन भएको छ । रिपोर्टका अनुसार यदी नियमित रुपमा योग गरेमा यो रोगलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि तपाईं योगको भुजुंगासन प्रयास गर्न सक्नुहुन्छ । यसले टिबीबाट हुनसक्ने संक्रमणबाट धेरै हदसम्म राहत मिल्छ ।


हालै डब्लूएचओले जारी गरेको रिपोर्टका अनुसार टिबी सबै भन्दा धेरै भारतमा देखिएको छ । डब्लूएचओको तथ्यांक अनुसार भारतमा कुल रोगीको २७ प्रतिशत, चीनमा ९ प्रतिशत, इण्डोनेसियामा ८ प्रतिशत, पाकिस्तानमा ६ प्रतिशत, बंगलादेशमा ४ प्रतिशत केस रेकर्ड गरिएको छ । यसका साथै नियमित व्यायाम र स्वस्थ्य खानपानले टिबीलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । यसका लागि भुजंगासन अर्थात कोब्रा पोज विशेष रुपमा प्रभावशाली मानिन्छ । यस आसनलाई कसरी गर्ने जानौं ।



यसरी गर्नहोस् भुजंगासन

कुनै समतल तथा सफा स्थानमा म्याट ओछ्याउनुहोस् । त्यसपछि घोप्टो परेर सुत्नुहोस् । दुवै खुट्टाका कुर्कुच्चासम्म जोडिने गरेर सिधा राख्नुहोस् । यस आसनमा तपाईले  हात टेकेर कम्मर भन्दा माथिको भागलाई मात्र उठाउँदै जानुपर्ने हुन्छ । अब अगाडि टाउको माथि उठाउनुहोस् र दुवै हात काँधको समानान्तर राख्नुहोस् जसले गर्दा शरीरको पुरा भार काँधमा परोस् । अब शरीरको अगाडिको भागलाई काँधको साहाराले उठाउनुहोस् । त्यसपछि शरीरलाई स्ट्रेच गर्नुहोस् र लामो स्वास लिनुहोस् । अब गर्दनलाई बिस्तारै बिस्तारै पछाडि मोड्दै जानुहोस् । आँखा माथी तिर हुनुपर्छ । यो योग तब पुरा हुन्छ जब तपाईंको शरीरको माथिल्लो भाग शिर, गर्दन तथा छातीलाई सर्प जसरी उठाउने । यस क्रियालाई १५ देखि २० मिनेटसम्म दोहोर्याउँदा शरीरलाई लाभ मिल्दछ । 

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली