Become a volunteer

Become a Blood Donor

19°C
few clouds

मस्त निदाउँदा घट्छ मस्तिष्कमा हुने हानिकारक प्रोटिन


Author : नेपाल हेल्थ टाईम्स

२२ कात्तिक सुतेको समयमा हाम्रो मस्तिष्कले आश्चर्यजनक तरिकाले प्रतिकृया जनाउँछ । मानिस निदाएको समयमा न्यूरोनहरू एकदमै शान्त रहन्छन् । केहि सेकेण्ड पछि पुरै मस्तिष्कमा एक ब्लड फ्ल्यास हुन्छ । हाम्रो मस्तिष्कमा पानी जस्तो तरल जसलाई सेरेब्रोस्पाइनल फ्लुइडको नामले जानिन्छ । यो एक लयात्मक पल्सिंग वेब जस्तैगरी कुदिरहेको हुन्छ । यसले मस्तिष्कमा हुने ब्लड फ्ल्यासलाई केहि मात्रामा कम गरिदिन्छ ।



यो अध्ययन “ साइन्सेज “ नामक पत्रिकामा प्रकाशित छ । यसमा निन्द्राको दौरान मस्तिष्कमा बग्ने ऋक्ँ मा फ्ल्यासको समयमा हुने परिवर्तनको बारेमा उल्लेख गरिएको छ । यस सोधका लेखक बोष्टन यूनिभर्सिटीको वायोमेडिकल इन्जिनियरिंग डिपार्टमेण्टका सहायक निर्देशक लारा लुइस हुन् । उनको भनाई अनुसार जब मस्तिष्क गहिरो निन्द्रामा परेको हुन्छ त्यस बखत दिमाग भित्र क्षणभरका लागि फ्ल्यास जस्तै गरेर इलेक्ट्रोनिक वेभ देखा पर्छ । यसपछि हाम्रो ब्रेनको पल्समा भरिएको तरल(फ्लुइड)को मात्रामा निकै कमी आउने गर्दछ । यस्ता इलेक्ट्रोनिक वेभ्सले त्यस्ता टक्सिनलाई कम गरिदिन्छ जुन अल्जाइमर रोग संग सम्वन्धित हुन्छ भनेर यस अघि प्रकाशित सोधमा उल्लेख गरिसकिएको थियो ।



लुइस भन्छन्- अघिल्लो प्रकाशन सम्म यी इलेक्ट्रोनिक वेभ्स (विद्युतिय तरंग) ऋक्ँ फ्लुइड संग सम्वन्ध राख्छन् वा राख्दैनन् यो कुराको टुंगो लागिसकेको थिएन । बिस्तारै बिस्तारै हाम्रो यो अध्ययनमा ब्रेन फ्लुइड र इलेक्ट्रोनिक वेभ्स बीच सम्वन्ध रहेको तथ्य प्रष्ट भएको छ । अब हामी न्युरोलोजिकल र साइकोलोजीकल रोग संग जोडिएका अनेकौं जानकारी अगाडि आउनेमा आशावादी छौं । आफ्नो सोधको ताजा चरणमा हमीले रक्त अनि सिएसएफको प्रवाहका साथै मस्तिष्कको तरंगको सम्वन्ध सामान्य रूपमा उमेर संग हुने गर्दछ । उमेर बढ्दै जाँदा मानिसको ब्रेनमा उत्पन्न हुने इलेक्ट्रोनिक तरंगमा कमी आउने गर्दछ । यसले गर्दा ब्रेनमा हुने रक्त प्रवाह प्रभावित हुने गर्दछ । ब्रेनमा सिएसएफको मात्रा कम गर्ने प्रकृयामा सुस्तता उत्पन्न हुन्छ । यसरी ब्रेनमा टक्सिक प्रोटिनको मात्रा बढ्न पुग्दछ । यो टक्सिक प्रोटिनले दिमागको श्मरण शक्तिमा ह्रास उत्पन्न गराउँछ ।


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली