Become a volunteer

Become a Blood Donor

16°C
few clouds

महिनावारीमा पेट दुख्छ ? यसो गर्नुस्


Author : नेपाल हेल्थ टाईम्स

काठमाडौं । जेठ २९

प्रायजसो महिला प्रत्येक महिना हुने महिनावारीमा पेट दुख्ने समस्याबाट ग्रसित हुदै आएका छन् । यो दुखाईबाट छुटकरा पाउनका लागि उनीहरु कहिले पेनकिलरको साहारा लिने गर्छन् त कहिलेकाहीं सोशल मिडियामा दुखाईबाट मुक्ति पाउने उपायको खोजी गर्छन् । तर तपाईलाई यो दुखाईको समयमा दुखाईबाट मुक्ति पाउनका लागि पेनकिलर लिने गर्नु भएको छ भने यसले तपाईंलाई ठूलै नोक्सानी समेत पुर्‍याउन सक्छ । यसका लागि हामीले तपाईंलाई यो दुखाईबाट  मुक्ति दिनका  लागि केही घरेलु उपाय सुझाएका छौ । जुन तपाईंका लागि कुनै साइड इफेक्ट नभइकन उपयोग सावित  हुन सक्छ ।


तेजपत्ता

धेरै कम मानिसलाई मात्रै थाहा छ कि तेजपत्ताले महिनावारीको दुखाई कम गर्ने बाहेक स्वास्थ्यसँग सम्बन्धित  कैयौं समस्याको हल गर्छ । महिनावारीको समयमा हुने पिडा कम गर्नका लागि कैयौं महिलाले यसको प्रयोग गर्ने गरेका छन् ।

हट ब्याग

यदि महिनावारीको समयमा तपाईंको पेटमा धेरै दुखाई भएको छ भने तपाईं हट ब्याग प्रयोग गर्न सक्नु हुने छ । यसका लागि तपाईंले हट ब्यागलाई पेटको त्यो भागमा राख्नुहोस् जहाँ तपाईंलाई दुखाई अनुभव भइरहेको छ ।

क्याफिनबाट टाढै रहनुहोस्

क्याफिनको अधिक सेवनले शरीरमा अम्लियपनको सम्भावनालाई बढाउँछ । यसका कारण तपाईंलाई समस्या हुन सक्छ । त्यसैले महिनावारीको समयमा क्याफिनको सेवन कम गर्नुहोस् ।

नुन कम खानुहोस्

महिनावारीको समयमा रक्तश्राव हुनु स्वाभाविक  कुरा हो । यस्तो अवस्थामा यदि तपाईं केहि समय पहिलेनै नुन कम खान थाल्नु भयो भने यसले तपाईंको मृगौलाबाट अधिक पानी निकाल्न सहयोग गर्नुका साथै दुखाईबाट पनि राहत मिल्छ ।

चिल्लो खानेकुरा नखानुहोस् 

महिनावारीको समयमा हुने दुखाई कम गर्नका लागि सबैभन्दा पहिले आफ्नो डाइटमा थोरै नियन्त्रण गर्नुहोस् । यो विशेष समयमा चिल्लो खानेकुराबाट टाढै रहनुहोस् । आफ्नो डाइटमा हरियो तरकारीका साथै फलफूललाइ पनि समावेश गर्नुहोस् ।

शारीरिक व्यायामलाई निरन्तरता दिनुहोस्

हलुका व्यायामलाई आफ्नो दैनिक तालिकामा समावेश गर्नाले  दुखाईमा केही राहत मिल्छ । शारीरिक व्यायाम गर्नाले तपाईंको ब्लडिङको समस्या पनि कम हुन्छ । ब्लडिङकै कारण दुखाई हुने गर्छ । यस्तो अवस्थामा शारीरिक व्यायाम गर्नाले तपाईको मांशपेशीले आनन्द महशुस गर्छ ।


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली