Become a volunteer

Become a Blood Donor

10°C
few clouds

मेडिकल रिर्पोटबाट पनि पत्ता लाग्दैन पुरुष बाझोपनको कारण


Author : एजेन्सी

२ पुष पुरुषहरुमा पनि केहि कमी हुन्छ, जसको कारणले पिता बन्नुको सुख प्राप्त गर्नसेकेका हुदैनन् । त्यस्तै हिस्टोन्सले एउटा समस्या सिर्जना गर्दछ । यो कुरा मेडिकल टेस्टमा पनि देखिदैन । जुन पुरुषसँग फर्टिलिटी सम्बन्धि जोडिएका समस्याहरु देखिन्छ, उनीहरुको समस्या मेडिकल टेस्टबाट पत्ता लाग्दछ र त्यस अनुसारको उपचार पनि हुन्छ । तर केहिले काँहि यस्तो हुन्छ, जब सबै रिर्पोट सामान्य हुँदा पनि पुरुष पिता बन्ने सुखबाट बञ्चित हुन्छन् । यसको पछाडिको कारण खोज्नमा वैज्ञानिकहरु दसकौं देखि लागिरहेका छन् । 


के हो हिस्टोन्स ?

हिस्टोन्स एक प्रकारको प्रोटिन हो जुन युकेरियोटिक सेल न्युक्लियसमा पाईन्छ । यी न्युक्लियोसोमहरुले संरचना कक्षहरुमा डिएनएलाई नियमित गर्दछ । हिस्टोनले पुरुषको उर्वरतामा बाधा बन्दछ । 


दशकौंसम्मको प्रयासको फल

पेन्सिलवेनिया विश्वविद्यालयको नँया शोधमा केहि सकारात्मक एपिजेनेटिक कारणहरु पत्ता लागाएको छ, जसले पुरुषको बोझोपनमा महत्वपूर्ण भुमिका खेल्दछ । शोधकर्ताहरुले पत्ता लगाए, यी अस्पष्ट कारणहरु मध्ये एक हिस्टोन पनि हो । 


पछिल्लो दशकमा, वैज्ञानिकहरुले पुरुष बाँझोपनको लागि शुक्राणुहरुलाई कारण मान्दै आइरहेका थिए, जुन उर्वर हुदंैन र विकासको दौरान हिस्टोन निकाल्न असक्षम हुन्छन् । किनभने प्रजनन क्षमता भएको शुक्राणुले डिएनएबाट हिस्टोन नामक प्रोटिन छुटयाउनु पर्दछ । यस्तो अवस्थामा शुक्राणुले यो कार्य गर्न नसक्दा, पुरुष बाँझोपनको लागि जिम्मेवार मानिन्छ । 


यद्यपि केहि अध्ययनमा हिस्टोन्सलाई महत्वपूर्ण जिन प्रमोटर मानिएको छ । केहि अध्ययनले भने व्यर्थ मानेका छन् । यी दुवै अध्ययनहरु भर्खरको अनुसधानमा सहि पाइएको छ । वरिष्ठ अनुसन्धानकर्ता लेसी जे. लुइसको भनाई छ– "केहि अवस्थाहरुमा भ्रूणको विकासका लागि हिस्टोन आवश्यक हुन्छ, तर केहि स्थानहरुमा यो आवश्यक छैन ।"  


यो शोध जर्नल डेभलप्मेन्ट सेलमा प्रकाशित भएको हो । अनुसन्धानकर्ताहरुले शुक्राणु परिवर्तन गर्ने संयन्त्रलाई बुझें । शोधको नतिजाहरु पछि उनीहरु यो कुरामा विश्वास रहेको छ, यस समस्याको लागि आवश्यक औषधिहरु विकास गर्न मद्दत्त गर्दछ । शोधकर्ताहरुले भनेका छन्– "धेरै जसो केसहरुमा हिस्टोन गलत ठाँउमा रहनले पनि पुरुषहरुमा बाँझोपनको समस्या देखा परेको छ । किनभने यसले भ्रूणको विकासमा समस्याहरु निम्त्याउँछ । यस शोध पछि, हामीले थाहा पायौं कि शुक्राणुले डिएनएबाट हिस्टोन छुट्याउन नसक्ने अवस्थामा भ्रुणको विकासका लागि सहयोगको जरुरत पर्दछ ।"        


सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली