Become a volunteer

Become a Blood Donor

15°C
mist

मेडिकल गलतीको कारण प्रत्येक वर्ष २६ लाखको मृत्यू: डब्लूएचओ


Author : एजेन्सी

२१ कात्तिक चिकित्सकको गल्तीका कारण प्रत्येक वर्ष १३.८ करोड भन्दा बढी बिरामीहरुले नोक्सानी बेहोर्नु परेको छ । समाचार एजेन्सी एफए का अनुसार विश्व स्वास्थ्य संगठनको रोगी सुरक्षा समन्वयक डा निलम ढिंगराले एक पत्रकार सम्मेलनमा बताए बिरामीको सहि पहिचान गर्न नसक्नु, औषधिको प्रयोग, उपचारमा त्रुटि मुख्य कारण रहेको छ । 


विशेषज्ञले भने यस्ता गलती हुनुको कारण स्वास्थ्य प्रणाली यस्ता त्रुटिहरु संग लड्ने र त्यसबाट सिक्नका लागि उचित रुपमा तयार छैन । धरै अस्पतालहरुले स्विकार गरेका छन् उनीहरुले के गलत गरेका थिए । जो भविष्यमा फेरी यस्तो नहोस भनेर कदम उठाउनबाट रोकिन्छ ।

डब्लुएचओले उपलब्ध गराएको तथ्यांक अनुसार मध्यम तथा निम्न स्थिति भएका देश (जुन विश्वको जनसंख्याको ८० प्रतिशत छ) रहेका छन् । यदि विकसित मुलुकहरुलाई मध्यनजर गरेर हेर्ने हो भने वास्तविक संख्या अझ बढ्न सक्छ किनभने प्रत्येक १० मध्ये एक बिरामीले चिकित्सा सम्बन्धि गल्तीको सिकार बनेका छन् । 


यस्ता गल्तीहरूको उदाहरणका लागि थुप्रै त्यस्ता वेदना बोकेर हिंडेकाहरू पनि हाम्रा समाजमा छन् । ब्लड ट्रान्सफ्युसन वा एक्स रे गर्नमा गल्ती,गलत अंगको चिरफार अथवा गलत ठाँउको सर्जरी जस्ता ठूला घटनाहरु देखिरहन्छन् । निलमले त्यस्ता कारकहरुलाई उद्ध्रित गरेका छन जुन यस्ता गल्तीहरू निम्त्याउँछ । जस्तै केही अस्पतालहरुमा स्पष्ट श्रेणीक्रमको अभाव वा कर्मचारी बिच पर्याप्त सुचनाको अभाव हुन्छ । जेनेभा स्थित संगठनका अनुसार स्वास्थ्य उपचार प्रणलीले औषधिको गलत प्रयोगका कारण मात्र विश्वव्यापी रूपमा करिब ४२ अर्ब डलरको नोक्सान भएको छ ।     

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली