Become a volunteer

Become a Blood Donor

20°C
few clouds

यसरी उमार्न सकिन्छ केमोथेरापीबाट झरेको कपाल


Author : Nepal Health Times

क्यान्सरबाट लड्न त्यति सजिलो हुदैन । यदि तपाईं महिला हुनुहुन्छ  भने क्यान्सरमा प्रयोग हुने केमोथेरापीबाट सबैभन्दा पहिला नोक्सान कपाललाई हुन्छ । तपाईको कपाल जतिनै बलियो अथवा सुन्दर भएपनि केमोथेरापीबाट कपालको वृद्धिमा नकारात्मक असर पर्ने निस्चित हुन्छ । त्यसैले आफ्नो उपचारमा ध्यान दिनुहोस्  र झरेको कपालको बारेमा चिन्ता लिनुको सट्टा यस किसिमको तरिका अपनाउनोस् ।

 

केमोथेरापी पछि तपाईको झरेको कपाल कतिदिन पछि पलाउछ भन्ने कुरा यसमा निर्भर हुन्छकी केमोथेरापी र औषधिहरुको असर तपाईको टाउकोमा कति परेको छ । केमोथेरापी सकिएको २–३ हप्तापछि सबैभन्दा पहिला धेरै पातलो र नरम कपाल आउछ र पछि उम्रन सुरु हुन्छ । २–३ महिना पछि १ इन्च जति कपाल लामो हुन्छ र काईयोले कोर्न मिल्ने कपाल आउन चाहिँ करिब १ वर्ष जति लाग्छ ।
तपाईको झरेको कपाल उमार्ने सबैभन्दा राम्रो तरिका  यो हो कि तपाईं भिटामिन र खनिजको प्रयोग गर्नुस् । सप्लिमेन्टस्हरु खानुको साथ—साथै आफ्नो डाईटमा यस्तो खानाहरुको प्रयोग गर्नुस् जसमा भिटामिन तथा खनिजहरु धेरै मात्रामा होस । स्वस्थ कपालको लागि भिटामिन सि र भिटामिन इ एकदम जरुरी मानिन्छ जबकी टाउकोको छालामा रक्तसन्चार बढाउनको लागि भिटामिन बी महत्वपूर्ण  हुन्छ । त्यसकारण तपाईं आफ्नो खानामा अमिला फलफुल गोलभेडा, ब्रोकाउली बदाम, मुगी, एभोकाडो, पालुंगो , अण्डा तथा माछा जस्ता चिजहरु प्रयोग गर्नुुहोस् ।


तपाईलाई यो कुरा त थाहा होला कि  हाम्रो कपाल प्रोटिनबाट बनेको हुन्छ त्यसकारण तपाईं आफ्नो कपाल बलियो बनाउनको लागि आफ्नो डाईटमा बढि प्रोटिनयुक्त चिजहरुको प्रयोग गर्नुस् । जस्तै मासु, तोफु, अण्डा, दूध, दाल आदि प्रोटिनयुक्त चिज । 
तपाईं चाहानुहुन्छ भने आफ्नो कपालको वृदिको लागि खानामा ओमेगा ३ तथा ओमेगा ६, फ्याटि एसिड जस्ता चिजहरुको साथमा सप्लिमेन्ट्सको प्रयोग गर्न सक्नुहुन्छ । साल्मन माछा जस्ता चिजहरुमा फ्याटि एसिडको मात्रा धेरैनै हुन्छ त्यसकारण यस्ता चिजहरुको प्रयोग गर्न सुरु गर्नु एकदम राम्रो हुन्छ ।

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली