Become a volunteer

Become a Blood Donor

20°C
few clouds

यसरी बढाऔं रोग प्रतिरोधी क्षमता


Author : एजेन्सी

१४ असोज पटक पटक बिमारी परिरहनु कमजोर इम्युनिटी (रोग प्रतिरक्षा क्षमता) को लक्षण हो। इम्युनिटी बढाउनका लागि होमियोप्याथी चिकित्सा पद्धतिमा केहि राम्रो उपायहरु बताइएको छ । यसका बारेमा सफदरजंग अस्पतालका डा. सैयद अहमद खांले बताएका छन्।


शिरको ध्यान दिन जरुरी 

इमयुन सिस्टम कमजोर हुनु कुनै बिमारी होईन, तर यसका कारणले शरीरलाई बिमारी बनाइदिन्छ । हाम्रो खानपानमा लापरवाहीको कारण शरीरमा आवश्यक तत्वहरुको कमी हुने गर्छ र शरीरले रोगसंग लड्ने क्षमता गुमाउँछ । साथै हाम्रो शक्तिको मात्रा पनि कम हुँदै जान्छ । यस्तो अवस्थामा खानपानमा ध्यान दिएर रोग प्रतिरोधक क्षमता बृद्धि गर्न सकिन्छ । 



यी खाने कुराले बढाउँछन् प्रतिरोधी क्षमता 


ड्राई फ्रुटस् 

ड्राई फ्रुटस्ले पनि इम्युन सिस्टमलाई मजबुत बनाउँछ । होमियोप्याथी पद्धतिमा यसलाई प्रयोग गर्ने तरिका केहि फरक छ । ड्राई फ्रुटस्मा पाइने फाइबरले शरीरको पाचन क्रियालाई दुरुस्तै बनाउँछ । यसले इम्युन सिस्टमलाई मजबुत बनाइदिन्छ र शरीरमा अतिरिक्त ऊर्जा मिल्छ । 


मात्रा:  बदाम ५–७ दाना, काजु ३–५ दाना, किसमिस ८–१० दाना, पेस्ता ५ दाना, र ओखरको आधा भाग । 

माथि बताइएको ड्राई फ्रुट्स लाई २५० मि.लि दुधमा हालेर मिक्चरमा हालेर सेक बनाउनुहोस् । यसमा आफ्नो ईच्छा अनुसारको गुलियो हाल्न सक्नुहुन्छ । 


अर्को तरिकाः सबै ड्राई फ्रुटस् लाई १०० ग्राम सुजीको हलुवामा मिलाउनुहोस् । हलुवालाई दिनमा जुनै पनि बेला खान सकिन्छ । हलुवा खाएको करिब १५ मिनेट सम्म अन्य केहि नखानुहोस् ।


 

अंकुरित आहार

अंकुरित आहार खानाले शरीरमा इम्युनिटी बढाउँछ । अंकुरित आहारमा भरपुर मात्रामा फाइबर हुन्छ । जसले शरीरको पाचन क्रियालाई मजबुत बनाउँछ । यसलाई प्रयोग गर्ने अलग तरिका छ । यद्यपि अंकुरित आहार तीन दिनमा खान योग्य बन्छ । यसलाई यसरी खाऔं स्


पहिलो दिन

बेलुका १० ग्राम गहुँ, १० ग्राम चना र १० ग्राम मुंगको दाल सफा पानीमा धोएर पुरा रात भिज्न दिने ।


दोस्रो दिन 

दोस्रो दिन बेलुका यो सबै अन्न निकालेर सफा सुतीको कपडामा राखेर झण्डाइदिनुहोस् ।


 तेस्रो दिन

विहान सुतीको कपडामा राखिएको अन्नलाई निकालेर सफा पानीले पखाल्नुहोस् र खानुहोस् । टमाटरको सानो सानो टुक्रा, हरियो खुर्सानी र कागतीको रस हाल्न सकिन्छ । यदि यो अंकुरित अन्न बिहानको खाना अथवा लन्चमा सलादको रुपमा खाएमा ज्यादा फाइदाजनक हुन्छ ।


 फलमा लुकेको इम्युनिटी 

मौषमी फल खाने गर्दा इम्युन सिस्टम मजबुत हुन्छ । होमियोप्याथी चिकित्सा पद्धतिका अनुसार मौषमी फलले शरीरमा भएको बिकार तत्वलाई बाहिर निकाल्नुका साथै यसमा पाइने भिटामिन सिले इम्युन सिस्टमलाई मजबुत गर्दछ । 


यसरी गरौं फलफूलको प्रयोग 

फल लन्च वा डिनर गर्नु भन्दा आधा अथवा १ घण्टा अघि खाने । रातको खाना खाए पश्चात फल खानु हुँदैन किनभने यसले रुघा, ज्वोरो, माइग्रेन, जोर्नी दुखाई आदि जस्ता धेरै बिमारी हुन सक्छ । यदि फल खान मनपर्दैन भने फलफूलको सेक प्रयोग गर्न सक्नुहुन्छ । 


इनर्जी दिने चिया 

जब सर्दी मौषम शुरु हुन्छ वा सकिने अवस्थामा हुन्छ, बदलिदो मौषममा यो विषेश चियाले भरपुर इनर्जी दिन्छ । एक व्यक्तिको लागि एक कप चिया पर्याप्त हुन्छ । यसरी तयार गरौंः

सामाग्रीः ३ कालो मरिच, ५ तुलसी पत्ता, १ गुर्जोको पत्ता, २ ल्वाङ, अदुवाको सानो टुक्रा र १ कप पानी । 

बनाउने तरिका: पानीमा सबै सामाग्रीलाई कुटेर हाल्ने । यसलाई साधारण चिया जस्तै पकाउने र उम्लिए पछि छानेर पिउने । स्वाद अनुसार चिनी हालेर पिउन सकिन्छ । यसमा दुध नहाल्नुहोला । 

यो चिया बिहान बेलुका १–१ कप   पिउन सक्नुहुन्छ । ज्यादा नपिउनुहोला । 


फाइदा: गुर्जोले इम्युनिटी बढाउने काम गर्दछ । अन्य चिजले पनि इम्युनिटी बढाउनुका साथै बदलिदो मौषमको असर संग लड्न मद्दत्त गर्दछ । 

सूचना बिभाग दर्ता नम्बर : १३६७/०७५-७६

सम्पादक : रविन पराजुली

प्रकाशक : सुजन पराजुली